भिएलएनका अध्यक्ष धरौटीमा छुटेलगत्तै पुन: पक्राउ

मलेसियाका लागि भिसा प्रक्रिया मिलाइदिने काम गर्ने संस्था भिएलएन नेपालका अध्यक्ष रामकुमार श्रेष्ठ जिल्ला अदालत काठमाडौंबाट १० लाख धरौटीमा छुटेलगत्तै पुन: पक्राउ परेका छन्।

न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले मागेको १० लाख धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले उनलाई प्रहरी पुन: पक्राउ गरेको हो।

उनी विरुद्ध ललितपुर जिल्ला अदालतमा अर्को ठगी मुद्दा दायर भएको छ। त्यही मुद्दाका लागि अदालतमा उपस्थित गराउन उनलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ३ अर्ब ठगी गरेको अभियोगमा काठमाडौं सरकारी वकिल कार्यालयले सोमबार श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दर्ता गराएको हो।

प्रकाशित 2018-06-13 19:45:48