घरेलु मदिरा सेवनपछि हत्या, बलात्कार र घरेलु हिंसा: प्रहरी (भिडियाे)




प्रहरीले बरामद गरेकाे घरेलु मदिरा बुधबार नस्ट गरिँदै
प्रहरीले बरामद गरेकाे घरेलु मदिरा बुधबार नस्ट गरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले एउटा तथ्यांक प्रस्तुत गर्दै हत्या, बलात्कार, यौन हिंसा र झैझगडाको प्रमुख कारण मदिरा सेवन रहेको बताएका छन्।

NIC ASIA

सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य वस्तु, युरिया मल र फोहरको प्रयोग गरी घरेलु मदिरा उत्पादन हुने गरेकाे उनले बताए।

‘काठमाडौंमा हुने घटनाको एउटा कारण मदिरा सेवन समेत देखियो, फोहरले बनाएको मदिराले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पुगेको छ’, उनले भने।

प्रहरीले बरामद गरेकाे घरेलु मदिरा

प्रहरीले बरामद गरेकाे घरेलु मदिरा

मदिरा नियन्त्रण अभियान अन्तर्गत काठमाडौंका विभिन्न स्थानबाट बरामद करिब ५० हजार लिटर मदिरा र कच्चा पर्दाथ बुधबार प्रहरीले नष्ट गरेको हो। काठमाडौं परिसर मातहत रहेका बाैद्ध, कपन, बसपार्क, कालीमाटी, स्वयम्भु, कोटेश्वर, बालाजु र टोखा क्षेत्रबाट साे परिमाणकाे मदिरा बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

 

प्रहरीले बरामद गरेकाे घरेलु मदिरा बनाउन प्रयाेग गरिएकाे कच्चा पदार्थ

प्रहरीले बरामद गरेकाे घरेलु मदिरा बनाउन प्रयाेग गरिएकाे कच्चा पदार्थ

प्रहरीले जेठ २३ देखि सञ्चालन गरेको अभियानमा अवैध मदिरा बनाउने तीन सय बढी स्थानमा छापा मारेको हो। यसरी बनाउने मदिरामा फोहर कपडा, स्यानिटरी प्याडदेखि होटलका फोहरसमेत मिसाउने गरेको प्रहरीले दाबी गरेकाे छ।

फाेटाे/भिडियाे : प्रविन काेइराला

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 19:28:56
Max TV
Max TV
Zen Travels

प्रविन काेइरालाबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।