बाजेको सेकुवामा सुन समितिको छापा


Infocus



बाजेकाे सेकुवा र इन्सेटमा सिलबन्दी गर्दै सरकारी अधिकार। तस्विर: प्रविन काेइराला
बाजेकाे सेकुवा र इन्सेटमा सिलबन्दी गर्दै सरकारी अधिकार। तस्विर: प्रविन काेइराला

तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको छ।

नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको हो। गत चैतमा सुन तस्करीकाे अनुसन्धान समितिले काम थालेपछि भण्डारी फरार भएका छन्।

सरकारी अधिकारीहरुले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समितिका एक सदस्यले जानकारी दिए। समितीले प्रतिवादी भण्डारीको पूर्ण स्वामित्वमा रहेका ५ र उनका नातेदार सञ्चालक रहेको १ गरी ललितपुर र काठमाडौंमा रहेका ६ स्थानमा छापा मारेर शिलबन्दी गरेको हो। 

ऐनअनुसार संगठित अपराधका आरोपीले अपराध गरेर कमाएको घन शुद्धीकरणका लागि व्यवसायमा मिसाएको हुनसक्ने आशंकामा छानबिनको अधिकार दिएको छ।

 

नेपाल र विदेशमा समेत शाखा विस्तार गरेको बाजेको सेकुवा कर्नर काठमाडौं र ललितपुरमा पनि शाखा छन्। बुवा दिनानाथ भण्डारीले बाजेको सेकुवा ब्रान्डलाइ लोप्रिय बनाएका थिए। सुन तस्करमीमा मुछिएका चेतनाथ उनका अाफ्नै छाेरा हुन्। विदेशमा पढेर फर्किएपछि चेतनाथले बुवाकाे व्यवसाय सम्हालेका थिए।

सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ। सुन तस्करी गिरोहका नाइके चुणामणि उप्रेतीमार्फत भन्डारीले लगानी गरेको अनुसन्धानबाट खुलेको थियो। उप्रेती र भण्डारी नातेदार पनि हुन्।

प्रकाशित ३० जेठ २०७५, बुधबार | 2018-06-13 14:28:20
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’