सुन तस्करीको ‘क्लासरुम’ अर्थात् एमके मामाको निवास




एमके अग्रवालको निवास
एमके अग्रवालको निवास

न्यूप्लाजा मोडबाट कालिकास्थानतर्फ मोडिने मार्गको दाहिनेतिर डाँडामा यो घर पर्छ। आधुनिक घरका गतिविधि दुवै तर्फका छिमेकी र सडकबाट देख्न सकिँदैन।

घरको संरचना नै सोही अनुसार निर्माण भएको छ।

काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित याे घरका धनी धरान उपमहानगरपालिका-३ का स्थायी बासिन्दा शिबकुमार अग्रवालका छोरा एमके मामा उपनाम भएका मोहनकुमार अग्रवाल हुन्। एमके ३ हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सर्वाधिक खाेजी भइरहेका व्यक्ति हुन्।

२० चैत्र २०७४ सम्म यो घर काठमाडौंका अन्य सामान्य घर सरह नै थियो। तर शुक्रबार (२५ जेठ ०७५) ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितिले करिब ७ घण्टा भन्दा बढी समय गरेको खानतलासीबाट देखियो, यो घर सुन तस्करीकाे तालिम केन्द्र रहेछ।

‘हामीलाई यो घर सुन तस्करीबारे सिकाउने ‘विश्वविद्यालय’ जस्तै लाग्यो, भेटिएका सामाग्रीले त्यहाँ सुन तस्करीबारे सिकाउने कक्षा नै सञ्चालन हुने गरेको देखिन्छ’, समितिका संयोजक इश्वरराज पौडेलले आईतबार नेपालखबरसँग भने, ‘सुन तस्करीको गिरोहमा भर्ना हुने नयाँ सदस्यलाई सोही घरमा तामिल दिने गरिएकाे तथ्य भेटिएका छन्।’

समितिले एमकेको घरबाट तीन थान सुन बोक्न प्रयोग हुने ज्याकेट बरामद गरेको छ। ज्याकेट काठमाडौं महानगरपालिका-७ खरिबोटस्थित एक टेलर्समा बनेको थियो। कम्मरमा वरिपरिबाट बाँध्ने र १० वटा खल्ती भएका ती जिन्सका ज्याकेट पूर्पक्षका लागि थुनामा रहेका टेकराज मल्लले अर्डर गरेर नेपालीले बनाएका थिए।

२० किलोसम्म सुनका बिस्कुट राख्न सकिने ती ज्याकेट लगाएर सामान्य अवस्थामा विमानस्थल बाहिरिने तालिम एमकेको घरमा दिने गरिएको समितिको निष्कर्ष छ। सुन तस्करीका संगठित सदस्यहरुको जिम्मेवारी, अधिकार र दायित्वका विषयमा समेत एमकेकै घरमा नियमित कक्षा (छलफल) हुने गरेको थियो।

सम्बन्धित खबर: सुन तस्कर एमके अग्रवालको घरमा छापा, सुन र चाँदीका बिस्कुट र सिक्का बरामद

सुन ओसारपसारमा उच्च प्रविधि प्रयोग
समितिका संयोजक पौडेलको नेतृत्वमा शुक्रबार १२ बजे छापा मार्न पुगेको टोलीले घरका सबै कोठाहरुमा खानतलासी सक्दा साँझको साढे सात बजेको थियो। घरका सबै कोठा बन्द भएकाले ताला तोड्ने प्राविधिक नै हैरान भए।

घरका कोठाहरुमा समितिले बिद्युतीय सामाग्री बरामद गरेको छ। विदेशबाट आयात गरिएका एबं महँगा ती सामाग्री एमकेको समुहले सुन ओसापसारका लागि प्रयोगगर्ने गरेको हुनसक्ने समितिको अनुमान छ।

‘घरमा महंगा र अत्याधुनिक बिद्युतिय सामाग्री बरामद भएका छन्’ पौडेलले भने, ‘ती सामाग्री सुन ओसारपसारका लागि प्रयोग भएका हुनसक्छन्।’

सम्बन्धित खबर: आखिरीतिर ‘अपरेशन फ्लाइङ गोल्ड’, तर भेटिएन साढे ३३ किलो सुन

गायब सुन एमकेकै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएर एकाएक गायब साढे ३३ किलो सुन एमकेका लागि तस्करी भएर आएको पुष्टि भइसकेको छ।

समितिले पक्राउ गरी अदालतमा बुझाउनु अघि एकदर्जन बढी प्रतिवादीले बयानमा एमकेको नाम लिएपनि त्यो सुन कसको हो भन्ने बारेमा समिति विश्वस्त हुन सकेको थिएन।

तर शुक्रबारको छापामारीपछि गायब सुनका लागि एमकेले १६ करोड रुपैयाँ लगानी गरेको तथ्य समितिले भेटेको छ।

‘सुन तस्करीका मुख्य लगानीकर्ता र कारोबारी रहेका एमकेले १६ करोड लगानी गरेका थिए’ समितिका एक बरिष्ठ अनुसन्धान अधिकारीले भने, ‘उनले नेपालको अवैध सुन बजारको आधाभन्दा बढी हिस्सा ओगटेका थिए।’

सम्बन्धित खबर: दिवेश लोहनीको टोली गोरेको ‘फेक इन्काउन्टर’ योजनामा थियो (अडियाे)

गोरेले जोगाउन खोजेका एमके
समितिले एमकेको घरमा छापा मार्नुअघि पुर्पक्षका लागि थुनामा रहेका चुडामणि उप्रेति (गोरे) का विभिन्न अड्डाबाट बरामद गरेका रजिष्ट्ररले सबैभन्दा बढी सुन एमकेका लागि भित्रिएको पुष्टि देखाएको थियो।

समितिका अनुसार १९ महिनामा भित्रिएको ३ हजार ८ सय किलो सुनमध्ये २ हजार १ सय ५४ किलो सुन एमकेका लागि दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको थियो।

‘नेपाली बजारमा तस्करीको अबैध सुन बेचबिखनगर्ने मुख्य व्यक्ति नै एमके हुन्’ पौडेलले भने, ‘एमकेले पूर्वी नेपाल र भारतसम्म तस्करीको सुन पुर्‍याउने गरेका थिए।’

तीन दशक पुराना तस्कर
प्रतिवादीहरुले समितिमा दिएको श्रब्यदृश्य बयानमा सबैभन्दा बढी नाम लिएका व्यक्तिमध्ये एक हुन्, एमके। उनको तस्करीका बिषयमा होटल मनाङका सञ्चालक तथा राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङले बयानमा एमके र आफूले २०४० देखि सुन कारोबार गरेको बताएका छन्। मुख्य भरियाहरु टेकराज मल्ल र मोहन काफ्लेले पनि एमकेकै नाम लिएका छन्। मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) ले चाहिँ अदालतमा दिएको बयानमा गायब भएको सुन आफुले नचिन्ने भारतीय नागरिकले मगाएको बताएका छन्।

गोरेले एमकेले सुन तस्करीमा लगानी नगरेको बयान अदालतमा दिएका थिए। तर शुक्रबार समितिले एमकेको घरमा छापा मारेर बरामद गरेका सबुतले गोरेले अदालतमा एमकेको बचाउ गर्न खोजेको पुष्टि भएको छ।

याे पनि:  अदालतमा सुन तस्करको बयानः लुकाउन खोज्दाखोज्दै देखियो ‘नेक्सस’

यी हुन् एमके
आफूलाई धरानिया मारवाडी (राजस्थानी नभई धरानको) मारवाडी बताउने मोहनकुमार अग्रवालको जन्म पूर्वी पहाडी जिल्लामा भएको हो। एमकेका आमाबुबा सानैमा बितेका थिए। धरानका एकजना मारवाडीले धर्मछोरा बनाएका एमकेको निश्चित कुनै व्यापार छैन।

एमके अग्रवाल

एमके अग्रवाल

उनको घरबाट एउटा ट्रेडिङ कम्पनीको छाप भेटिएको छ। यस बाहेक एमकेको अन्य व्यापार भन्दा सुन तस्करीका लागि प्रयोग भएका सामाग्री नै बढी भेटिएका छन्।

‘एउटा ट्रेडिङ कम्पनीको छाप भेटेका छौं, मुख्य पेशा नै सुन तस्करी हो’ संयोजक पौडेलले भने, ‘एमकेका ३ दाजुभाईमध्ये घनश्याम अग्रवालको महाभुकम्पमा पर्खालले किचिएर मृत्यु भएको रहेछ, अर्का भाई एमकेको सम्पर्कमा पनि छैनन्।’

सुन तस्करीमा नेपालखबरकाे निरन्तर फलाेअप

१. प्रहरीकाे 'अफ ट्रयाक' अनुसन्धानका अनुत्तरित प्रश्न

२. ओलीलाई सुन समितिको दुई घन्टा लामाे ‘ब्रिफिङ’

३. तस्कर–विमानस्थल कर्मचारी सुन सम्वाद (भिडियाे)

४. साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा

५. सुन तस्करीमा संलग्न पूर्व डिआईजीदेखि भन्सारका उच्च कर्मचारी पक्राउको सूचीमा

६. साढे ३३ केजी सुन गायब प्रकरण : थाई एयरवेजका इन्जिनियरको विमानस्थलमै हत्या

७. सुन तस्करीमा संलग्न एसपी खनाल प्रहरी नियन्त्रणमा

८. साढे ३३ केजी सुन बेपत्ता प्रकरण: डिएसपी प्रजित केसी पक्राउ

९. सुन तस्करीको केरुङ ‘कनेक्सन’ खोतल्दै समिति

१०. सुनकाण्डमा मुछिएका पूर्व डिआइजी लगायतलाई उपस्थित गराउन अनुसन्धान समितिको पत्र

११. साढे ३३ केजी सुन गायब प्रकरण : एसएसपी दिवेश लोहनी पक्राउ

१२. साढे ३३ केजी सुन गायब प्रकरण: ६३ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

१३. ६ वर्ष यताका सुन कान्डका पाेकाे फुकाउँदै समिति

१४. सुन तस्कर गोरे–प्रहरी संवाद अदालत पेश गरिने

१५. सुन प्रकरणकाे अदालती बहस: गोरेसँग डिआईजी, एसपीकै ‘क्लोज कनेक्सन’

१६. सुन तस्करी गर्न विमानस्थलमा डिआईजी सा'पकै ‘क्रिमिनल ग्याङ’

१७. खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक

१८. सिआईबी अपरेसन चलाउने, गाेरे विमानस्थलबाट निर्वाध सुन भित्र्याइरहने

१९. साढे ३३ केजी सुन गायब प्रकरण: दुबईमा सुन किन्नेकाे विवरण पर्खंदै समिति

२०.  सुन तस्करलाई दिन खोजिएको ५० प्रतिशत सजाय छुटको निर्णय रद्द

२१. सुन प्रकरणमा संगठित अपराध एेन अाकर्षित हुन्छ कि हुँदैन?

२२. साढे ३३ केजी सुन बेपत्तापछि तस्कर गाेरेले यसरी दिएका थिए यातना (भिडियाे)

२३. सुन तस्करको पक्षमा बहस गर्न वकिलको तँछाडमछाड

२४. प्रतिवादी वकिलकाे बहस: चाचाजीलाई प्रहरीले पेस्तोल देखाए

२५. खुँखार सुन तस्कर गोरे पक्राउ

२६. मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

२७. गोरेको बयान बन्द इजालसमा

२८.  दुबईमा गोरेको आफ्नै कम्पनी

२९. गोरेद्वारा प्रहरीसँग मिलेर सुन तस्करी गरेको स्वीकार

३०. एसएसपी खत्रीको बयानः गोरेले मलाई सरुवा गरिदिन्छु भनेर धम्क्याउँथ्यो

३१. सुन तस्करीकाे जालाे : काठमाडाैंका दूतावासदेखि प्रहरी आईजिपीसम्म

३२. अभियुक्त डा.डेभिडकाे बयान: हराएकाे साढे ३३ केजी सुनबारे गाेरे ग्याङसँग श्रृंखलाबद्ध छलफल

३३. झुम्का कारागार सरूवा माग्दै एसएसपी खत्री

३४. खानदानी सुन तस्कर भुजुङको बयान: विमानस्थलमा हत्या हुनुअघि सानु बनकाे तस्कर समूहसँग सांग्रिला होटलमा बैठक

प्रकाशित २८ जेठ २०७५, सोमबार | 2018-06-11 10:02:50
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    ‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

    यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा...

  • एसएसपी बढुवा प्रतिस्पर्धीमा रहेका चार महिला एसपीहरू

    एसएसपी बढुवाको बाटो खुला, चार महिलासहित ३२ प्रतिस्पर्धामा

    सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेको छ। नियमावली संशोधनसँगै वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि कानुनी बाटो...

  • मञ्जु काँचुली

    जो रानी ऐश्वर्यकी साथी भइन्, गिरिजा–सुशीलको माया पाइन्

    आईएको परीक्षा भर्खरै सकिएको थियो। त्यति नै बेला मञ्जुले गोरखापत्रमा राजा वीरेन्द्रसँग ऐश्वर्याको फोटो देखिन्। जुन फोटो बिहेको शुभकामना तथा...

  • फुल्चोकीको जंगलबाट शनिबार राती उद्धार गरिएका युवा

    फुल्चोकी यात्राः मूलबाटो छाड्यो कि बेपत्ता हुने खतरा बढ्यो

    ‘रात सुरुहुनु अघि नै केही गरिहाल्नु पथ्र्यो, हामी ७ वटा टिम बनाएर फिल्डमा गयौं,’ ललितपुरका एसपी खनालले भने, ‘मेट्रोले टिपाएको नम्बरमा एकपटक धन्न...