स्वास्थ्य जाँचमा ठगी प्रकरण: ३६ जनालाई मुद्दा, ७ दिन हिरासतमा राख्न अनुमति

प्रहरीले बैदेशिक रोजगारीमा जानेहरुका लागि स्वास्थ्य जाँच र अन्य जाँचका नाममा ठगी गरेको आरोपमा आईतबार पक्राउ गरेका ३६ जना बिरुद्ध ठगी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालेको छ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको नेतृत्वमा आईतबार काठमाडौंका ३१ स्थानमा छापा मारेर प्रहरीले ४१ जनालाई पक्राउ गरेको थियो। प्रहरीले नियन्त्रणमा लिएकामध्ये संचालक र प्रवन्धकलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान थालेको हो।

पक्राउ परेका कामदारलाई सोधपुछपछि कागज गराएर सोमबार रिहा गरिएको हो। प्रहरीले मलेसिया लगायतका वैदेशिक गन्तब्यमा रोजगारका लागि जाने कामदारको स्वास्थ्य तथा अन्य जाँचमा एकलौटी र एकाधिकार बनाएर बढि शुल्क लिएको सूचना पछि आइतबार कारवाही थालेको हो।

श्रममन्त्री गोर्कण बिष्टले कारवाहीमा गृहमन्त्री रामबहादुर थापासँग सहयोग मागेपछि प्रहरीको अपराध अनुसन्धान विभागलाई सक्रिय बनाइएको हो। विभागको निर्देशन अनुसार काठमाडौं उपत्यकामा रहेका प्रहरी इकाई सहित महानगरीय अपराध महाशाखाले छापा मारेर पक्राउ तथा आवश्यक सामाग्री बरामद गरेका हुन।

काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी मोहन थापाले पक्राउ परेमा संचालक र प्रवन्धक बिरुद्ध ठगीमा अनुसन्धान सुरु भएको बताए। उनले ३१ स्थानबाट बरामद लेजर, कम्प्युटर र खाताहरुमा प्रचलितभन्दा केयौं गुणा बढी रकम लिएको खुलेको बताए।‘ठगीमा प्रतिवादी बनाएर अनुसन्धान सुरु भएको छ, थप विवरण अनुसन्धानपछि खुल्नेछ,’ डिएसपी थापाले भने।

यस्तो छ पक्राउ पर्नेको सूची:

मोनिका श्रेष्ठ
गणेश तिम्लिसिना,देवेन्द्र आर्चाय
केदार थापा
रामप्रसाद श्रेष्ठ
सरिता गिरी
यामकुमार खडका
मुकुन्द भट्टराई
निमि कुमारी तिवारी
रोजिना शाक्य,मुना शाक्य,रेशम खत्री
सुमन सत्याल
ईश्वर भण्डारी
बिदुर थापा,चन्द्रमा राई
सुमन श्रेष्ठ
लक्ष्मीकान्त
राधिका पाण्डे,देवकी मिश्र
तिलक बोहरा
राजेश राई
कसमस मेडिकल सेन्टर रातोपुल महेन्द्रकुमार जिसी,हरि घर्ती,आशिष सापकोटा
सुर्य कार्की
अमृत विश्वकर्मा
दीपक शर्मा,नवराज अर्याल
भोला सत्याल,सुनिलकुमार आर्चाय
रामकृष्ण अवस्थी,करुणा शर्मा वाग्ले
रामप्रसाद लम्साल,संजिव पाण्डे
राजकुमार राई,हरि पौडेल
रामपुकार तिवारी
देवान राई
निशु झा
राजकुमार लामिछाने

प्रकाशित 2018-05-21 21:42:53