‘खाद्य प्रविधिको पढाइले बंगुरको मासु खान सिकायो’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णसँगको संवाद



सञ्जिवकुमार कर्ण
सञ्जिवकुमार कर्ण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले भविष्यमा ‘खाद्य विज्ञ बन्छु’ भनेर कहिले पनि सोचेका थिएनन्। जब जनकपुरमा आएएस्सीसम्मको अध्ययन पूरा गरे, उनको बुबालाई ठूलो चिन्ता पर्‍यो, छोरोलाई त्यो भन्दा माथिको शिक्षा कहाँ पढाउने भनेर।

बुबाको चिन्ताको समाधान सरकारी दैनिक पत्रिका गोरखापत्रले गरिदियो।

गोरखापत्रमा एउटा यस्तो सामाग्री छापिएको थियो, त्यसमा कुन विषय पढ्ने, त्यो पढ्दा कुन–कुन क्षेत्रमा जागिर पाइन्छ, त्यसको भविष्य कस्तो छ भन्ने विस्तृतमा उल्लेख थियो। त्यो सामाग्री कर्णका बुबालगायत परिवारका सबैले सबैले एक एक गरेर पढे। सबै कुरा पढेपछि उनका बुबाले निर्णय सुनाए, ‘म छोरालाई ‘फुड टेक्नोलोजी’ (खाद्य प्रविधि) पढाउँछु।’

‘केन्द्रीय प्रविधि क्याम्पस धरानमा मात्रै थियो, अहिलेपनि त्यहीँ छ। त्यसैले त्यो विषय पढ्न धरानमा जानु पर्ने भयो,’ कर्ण भन्छन्, त्यो विषयमा वार्षिक जम्मा १४ जनाले मात्रै पढ्न पाउने रहेछन्। त्यसका लागि प्रवेश परीक्षा दिनुपर्ने भयो।’ ख्यालख्यालैमा धरान पुगेका थिएन उनी। प्रवेश परीक्षा दिँदा एक नम्बरमा नाम निकाले। पढाइ सुरु भयो।

विषय नयाँ थियो, त्यस विषयबारे उनले कहिल्यै सुनेका थिएनन्। त्यसैले, नयाँ विषय उनलाई पनि रोचक लागेको थियो। आफूले कहिल्यै नसोचेको विषय पढ्न र नयाँनयाँ कुराको अनुभव गर्न पाउँदा उनी उत्साहित भए।

‘फुड टेक्नोलोजी भनेको खाने कुराहरुको व्यवस्थापन कसरी गर्ने, त्यसलाई दैनिक खानामा कसरी तालमेल मिलाउने, कुन खानेकुरा कुन समयमा उपभोग गर्ने, कसरी बनाउँदा पौष्टिक तत्वहरु पाइन्छ भनेर जानकारी दिने विषय हो,’ जनमानसमा अपरिचित आफूले पढेको विषयको जानकारी कर्ण दिन्छन्।

उनी परिवारका कान्छो छोरो थिए। उनको परिवारमा बंगुरको मासु वर्जित थियो। तर पाठ्यपुस्तकमा ‘पोर्क मिट’ का विभिन्न परिकार बनाउनुपथ्र्यो। कुनै कुनै दिन त यसको प्रयोगात्मक शिक्षा नै लिइन्थ्यो।

‘हाम्रो पारिवारिक संस्कार जस्तो भएपनि म चाख दिएर पोर्क मिट बनाउँथे, प्रशोधन प्रक्रियामा सहभागी हुन्थें’ उनले सुनाए, ‘तर आफूले बनाएको खाना ‘सेन्सर इभ्यालुएसन’ का रुपमा आफूले चाख्नै पथ्र्याे।’ परिवारमा बर्जित पोर्क मिट चाख्ने कि नचाख्ने, कर्णलाई समस्या पर्‍यो।

 

‘जात अनुसारको खाना खाऊँ भन्दैन फुड टेक्नोलोजीले। यसले त के मा कुन पौष्टिक तत्व पाइन्छ भन्नेमात्र निर्देश गर्छ,’ उतिबेला पोर्कमिट खाए खाएनन् भन्ने रहस्य खोल्दै उनले भने, ‘आफैँले पकाएको धरानको कालो बंगुरको मैले खाएँ। अहिले मलाई ‘पोर्कमिट’ खान कुनै समस्या छैन।’

‘पोर्क मिट’ मा प्रशस्त प्रोटिन पाइने हुनाले उनी प्रोटिनको लागि अहिले आफ्नो भान्सामा उक्त मासु पाक्ने गरेको बताउँछन्। उनका भनाइमा, मानिसलाई कार्बोहाइडे«ट, भिटामिन, प्रोटिनजन्य तत्व अत्यावश्यक छन्।

‘मानिसलाई दैनिक २ हजार २ सय ८५ क्यालोरी आवश्यकता पर्छ, त्यसका लागि हामीले विभिन्न खानेकुरा मिलाएर खान जान्नु पर्छ’ कर्णले सुनाए,‘पौष्टिक तत्व खोज्न हामीले हरेक चीज किन्नै पर्छ भन्ने छैन, स्थानीय स्तरमा उत्पादन खाद्यवस्तु खाँदापनि यी तत्व पाउन सकिन्छ।’

उनी अहिले खाद्य विभागको महानिर्देशक छन्। र एक खाद्य विज्ञको रुपमा सेवा गरिरहेका छन्।

उनको आफ्नै दैनिक खानाको सूची कस्तो छ त? उनी भन्छन्, ‘बिहान उठ्ने बित्तिकै ३ गिलास मनतातो पानी पिउँछु, बिहानको खाजाको रुपमा रोटी र दूध खान्छु। र कार्यालय जानुपर्ने भएकाले बिहान ९ बजे खाना खाइसक्छु। खानामा बढीजसो दालभात तरकारी हुन्छ।’

कर्णको भनाइमा सन्तुलित खानाको अभावमा नेपालका ५० प्रतिशत जनसंख्या कुपोषणको शिकार भएको छ। नेपाल मात्रै नभइ कम विकसित मुलुकको ठूलो जनसंख्याले खानपानमा ध्यान पुर्‍याउन सकेको छैन, त्यसले गर्दा उनीहरुको आयु पनि विकसित देशको जनसंख्याको तुलनामा कम छ।

उनी भन्छन्, ‘कमविकसित मुलुकका नागरिकहरु एक सय रुपैयाँको खाने कुरा किनेर खाने गर्छन्, तर खानाले निम्त्याएको रोग नियान्त्रण गर्न ४ सय रुपैयाँको औषधी प्रयोग गरिरहेका छन्।’

खाने कुरामा सबैले जानकारी लिन सकुन् भनेर नेपालले खाद्य विभागको अगुवाइमा जेठ महिनालाई ‘खाद्य स्वच्छता महिना’ को रुपमा मनाउने भएको छ। विश्वमा नै खाद्य स्वच्छता मनाउने नेपाल पहिलो देश रहेको दावी कर्णको छ।

प्रकाशित ४ जेठ २०७५, शुक्रबार | 2018-05-18 16:28:39
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...