सुनकाण्डमा मुछिएका पूर्व डिआइजीलाई उपस्थित गराउन अनुसन्धान समितिको पत्र




NIC ASIA

सुनकाण्डको बिस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्व डिआईजी लगायतका प्रहरी अधिकारीहरुलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ।

समिति समक्ष उपस्थित गराउन भनी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएका प्रहरी अधिकारीहरुमा पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी संजय राउत छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गत २१ पुष र ९ माघमा दुबैपटक भित्रिएको साढे ३३ किलो सुन तथा घटनामा जोडिएका ३ जनाको मृत्यु प्रकरणमा प्रहरीका उपरोक्त वरिष्ठ अधिकारी मुछिएका हुन्।

यी मध्ये डिआइजी निरौलाले २९ चैत्रमा नै अवकाश पाइसकेका छन् भने एसएसपी खत्री  प्रहरी प्रधान कार्यालयमा, खनाल मकवानपुर प्रहरी प्रमुखका रुपमा कार्यरत छन्।  

प्रहरी रेकर्डमा २०७२–२०७३ मा विमानस्थल प्रमुख रहेका डिआईजी गोविन्द निरौला निरन्तर सुन तस्कर गिरोहसँग सम्पर्कमा रहेको बताइएको छ। उनकै कार्यकालमा गतवर्ष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो।

डिएसपी सञ्जय राउत

डिएसपी सञ्जय राउत

सो समय विमानस्थलमा रहेका एसएसपी श्यामबहादुर खत्रीलाई कारवाही भएपनि उनले अदालतबाट सफाई पाई मुख्यालयमा कार्यरत थिए। त्यही समयमा विमानस्थलमा रहेका एसपी खनाल र डिएसपी राउत समेत अनुसन्धानमा तानिएका छन्।

समितिले अनुसन्धानका लागि बोलाएका अधिकारीहरुको सुन तस्करीका नाईके गोरे भनिने चुडामणि उप्रेति लगायतका तस्कर समूहसँग सम्पर्क देखिएको स्रोतले जानकारी दियो।

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची तयारै गरेर पक्राउ गर्न थालेको हो। 

(यसअघि प्रकासित समाचारमा भूलबस गलत तस्वीर पर्न गएकोमा क्षमाप्रार्थी छौं-सम्पादक) 

प्रकाशित ७ बैशाख २०७५, शुक्रबार | 2018-04-20 20:04:36
Max TV
Max TV
Zen Travels

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमाडौँ आइपुग्नासाथ पशुपतिनाथमा बाजपेयी, साथमा मन्त्री वाग्ले (पछाडि) र रतीन्द्र क्षेत्री (दायाँ-कालो भादगाउँले टोपीमा)

    बाजपेयीले नगरकोट रिट्रिट जान नमानेपछि

    मुसर्रफसँग हात मिलाउनु परेको घटनाका कारण आफ्नो भन्दा मुसर्रफको व्यक्तित्व बढेको र आफूले सम्बोधन गर्दैगर्दा धर्मराएको घटनाले बाजपेयीलाई नर्भस बनायो।...

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...