८ हिमाल आरोही सम्मानित




नेपाल पर्यटन बोर्ड र पर्वतारोहण संघले विश्वप्रसिद्ध हिमाल आरोहीलाई सम्मान गरेको छ। सगरमाथा आरोहण गरेको ४० औं वर्ष पूरा भएको अवसरमा ८ विश्वप्रसिद्ध हिमाल आरोहीलाई नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले सम्मान गरेको हो।

 कार्यक्रमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट थलो रहेको बताए। उनले सम्मानित भएका हिमाल आरोहीलाई शुभकामाना दिँदै हिमाल आरोहण गर्न चाहनेका लागि नेपाल आउँन आग्रह समेत गरे।

सम्मानित भएका आरोहीहरुले सन १९७८ मा सगरमाथा सफलतापुर्वक आरोहण गरेका थिए। त्यो समूहमा १२ आरोही सहमागी थिए। ती मध्य ४ को मृत्यु भइसकेको छ। आज सम्मानीत हुनेमा अस्ट्रियन उल्फग्याङ न्याज, प्रा.डा. पिटर हाबलर, प्रा.डा. रेमन्ड मार्गे्रटर, रोबर्ट सावर, हान्स सेल, हेलमुथ ह्यागनर, इटालियन राइनहोल्ड म्यासनर, स्विस प्रा.डा अजोल्ड ओरेलजेड रहेका छन्।

यी हिमाल आरोहीहरुले सगरमाथा, आमाडाबला, चोयु, धौलागिरी लगायतका हिमाल आरोहण गरिसकेका छन्। यी आरोहीमार्फत नेपालमा रहेका हिमालहरुको प्रचारप्रसार हुने विश्वास नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर तामाङले गरेका छन्।

 

प्रकाशित ६ बैशाख २०७५, बिहिबार | 2018-04-19 17:34:39


नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • बामदेव गौतम

    बामदेव गौतमसँग अन्तर्वार्ताः ओली वाम विमानको मास्टर पाइलट, प्रचण्ड पाइलट, हामी को-पाइलट

    केपीसँग त मेरो ‘दोस्ताना’ हो, त्यस्तो ‘दोस्ताना’ माधबसँग कहिलेपनि भएन। सँगै रक्सी खानेदेखि लिएर रुनेसम्म हामीले गर्‍यौं। मलाई कार्वाहीको माग...

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन, दैनिक कार्य प्रगतिको इमेल मन्त्रीलाई (भिडियाे)

    नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घन्टा सञ्चालनमा आएको छ।

  • बजेटको आन्तरिक स्रोत बलियो बनाउने सरकारको नीति

    सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक उत्पादनमा बलियो बनाउने योजना घोषणा गरेको छ।

  • प्रेरणा र उनका बुबा पुरुषाेत्तम

    आँशु झार्दै बुबाको प्रश्नः के मेरी छोरीले 'सेलेक्सन' खेल्न पाउने अधिकार छैन्? (भिडियो)

    ‘प्रेरणा कोइराला बनाउन हामीले चारवर्ष निरन्तर मेहनत गरेका छौ। पानी, वर्षा केही भनेनाैं, हामी रातदिन लागि रा’छौं, तर संघ (नेपाल लन टेनिस संघ) जसले...