यसरी बिछोडियो रोल्पाको एउटा बालजोडी




लिबाङ
लिबाङ

‘म ऊबिना बाच्नै सक्दिनँ, कसैको करकापले मैले विवाह गरेको होइन, मेरै मञ्जुरीले गरेको विवाह भएकाले हामी दुईसँगै बस्न पाउनुपर्छ। मैले ऊसँग विवाह गरिसकोले जसले जे भने पनि म फर्केर माइती जान्नँ, बरु जेलमा बस्छु’ धरधरी रुँदै १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालयकोे प्राङ्गणमा आइतबार निकै बिलौना गरिन्।

किशोरको भनाई पनि त्यस्तै थियो, ‘उनले पनि मलाई माया गर्थिन्। मैले पनि उनलाई माया गर्थें, तिमीलाई नपाए म मर्छु भनिन्। अब म के गरुँ? अनि दुवैको सहमतिमा हामी भागेका हौं।’

जिल्ला सदरमुकाम लिवाङको एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत किशोरी र जिल्ला बाहिरको कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत प्यूठानका २३ वर्षीय किशोर २७ चैत्रमा प्रेम विवाह गर्नका लागि घरबाट भागेका थिए।

छोरीले १७ वर्षको उमेरमा बिहे गरेर भागेको खबर पाएपछि उनको परिवार विक्षिप्त भयो। निकै खोजतलास भयो, तर उनलाई परिवारले फेला पार्न सकेन। अन्ततः सदरमुकामकै आमा समूहद्वारा उनको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी पर्‍यो।

उजुरी परेलगत्तै प्रहरीले उनको व्यापक खोजी गर्‍यो। तर, ती किशोरकिशोरीलाई केटाकै घरमा प्रहरीले फेला पारेपछि अभिभावकका साथमा जिप्रका रोल्पामा झिकाइयो।

उनीहरु आएको खबर पाउनासाथ आमा समूहको नेतृत्वमा एक हुल जिप्रका पुग्यो। बाल विवाह भएको हुँदा ‘यो विवाह रद्द गरिनुपर्छ’ भन्दै किशोरीका अभिभावकले किशोर पक्षसँग माग राखे।

प्रहरीले बाल विवाह कानूनविपरीत भएको भन्दै कानूनी कारवाहीका लागि प्रक्रिया आगडि बढाउन चाहन्थ्यो, तर निवेदनमा बाल विवाह उल्लेख नगरी खोजतलासका लागि अनुरोध गरिएकाले प्रहरीलाई बाल विवाहको मुद्दा चलाउन असहज भयो।

दुईपक्षबीच व्यापक छलफल पछि उनीहरुका अविभावकले किशोरकिशोरीले वैधानिक रुपमा विवाह नगरेको हुँदा अभिभावकको जिम्मामा लैजाने निधो गरे। तर किशोरकिशोरी भने ‘सँगै बस्न पाउनु पर्छ’ भन्दै आफ्नो अडान छोडेनन्।

सँगै बाँच्नेसँगै मर्ने निधो गरेर घरबाट भागेर हिँडेका किशोरकिशोरीको विवाह रद्द हुने भएपछि उनीहरु डाँको छोडेर रोए। तर तिनकै भविष्यको चिन्ता गर्दै अविभावकले २० वर्ष पुगेपछि मात्र विवाह गर्न स्वीकृति दिने बताए। यसरी सम्झाइबुझाइ गरेकाले प्रहरीले पनि दुबैलाई आ–आफ्ना अभिभावको जिम्मा लगायो।

उनीहरुको बिलौना तथा रुवावासी देख्दा वरपर उभिएका अन्य व्यक्तिका समेत आँखा रसाएका थिए। छोराछोरीको सुन्दर भविष्यको कामना गर्दै दुवैका अभिभावकले रुवावासीका बीच उनीहरुकोे बिछोड गराउन बाध्य भएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढाका अनुसार यसअघिका दुईवटा बाल विवाहका घटनाउपर मुद्दा दर्ता भई रोल्पा जिल्ला अदालतले कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। तर यसपटक भने वैधानिक रुपमा विवाह नभएको हुँदा दुबैका अभिभावकले आ–आफ्ना छोराछोरी फिर्ता लगेका हुन्।

दुबैले विश्वास बचाएर राख्न सके उच्च शिक्षा हासिल गरी २० वर्षपछि परिवारको मञ्जुरीमा विवाह गर्न सकिने दुबै पक्षका अभिभावकले बताएका छन्।

उक्त अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठका अनुसार यो घटनाबारे आफूलाई कुनै किसिमको जानकारी नभए पनि कानूनले बाल विवाह बर्जित गरेको हुँदा बाल विवाह गर्न पाइँदैन। बाल विवाहले शारीरिक तथा मानसिक रुपमा असर पु¥याउने भएकाले बाल विवाह गर्ने तथा गराउनेलाई कानूनी कारवाही हुनुपर्छ।

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 20:05:46



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...