घुस लिने ट्राफिक प्रहरीविरुद्ध आरोपपत्र दायर




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको हो। 

आयोगको टोलीले प्रहरी जवान श्रेष्ठलाई घुससहित र सोही विषयसँग सम्बन्धित बाग्लुङका मुस्तकिम मियाँ र सलामद्दिन मियाँलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरुले कसुर गरेको ठहरिएको जनाएको छ। 

आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए।रासस 

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 19:16:39



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...