साहसिक पर्यटन प्रबर्धनका लागि हाफ–म्याराथन हुने




केही बर्षअघि सगरमाथा क्षेत्रमा भएको दौड प्रतियोगिता
केही बर्षअघि सगरमाथा क्षेत्रमा भएको दौड प्रतियोगिता
फाइल फोटो

पर्यटन क्षेत्रको प्रबर्धनका लागि विश्वकै सर्वोच्च स्थानमा हाफ–म्याराथन दौड प्रतियोगिता हुने भएको छ।

‘फोर्टिन पिक एक्स्पिडसन प्रालि’ को आयोजनामा द वर्डस् हाइएस्ट रेस ‘ब्रेथलेस’ बैशाख १२ गते हुन लागेको हो।

५ हजार ६ सय ४४ मिटर अग्लो स्थान कालापत्थरबाट ३ हजार ७ सय ८० मिटर अग्लो स्याङबोचेसम्म दौड हुने आयोजक पक्षले जानकारी दिएको छ।

२१.७ किलोमिटरकोे यो दौड पुरा गर्न त्यति लागि सहज नभएको फोर्टिन पिक एक्स्पिडसन प्रालिका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले बताए।

प्रतियोगितामा नेपाल, अमेरिका, चीन, भारत, स्पेन लगायतका देशका १ सय ५० भन्दा बढी साहसी धावकहरुको सहभागिता रहने छ।

विभिन्न देशका धावकहरु सहभागी हुने यो प्रतियोगिताले नेपालको साहसिक पर्यटन प्रबर्धनमा सहयोग पुग्ने आशा आयोजक शेर्पाले गरे।

प्रतियोगितामा महिला र पुरुष दुईवटा समूह रहनेछन्। ती समूहका विजेताहरुले पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुने टोली बैशाख ४ गते काठमाडौंबाट सोलुखुम्बु प्रस्थान गर्नेछ। सोलुखुम्बुबाट ट्रेकिङ गर्दै धावकहरुको टोली कालापत्थर पुग्नेछ।

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 18:45:31



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...