साढे ३३ किलो सुन प्रकरणका एक अभियुक्तद्वारा हिरासतमै आत्महत्या



साढे ३३ किलो सुन तस्करी र भरिया हत्या प्रकरणमा पक्राउ परेकामध्ये प्रेमराज चौधरीले प्रहरी हिरासतमा आत्महत्या गरेका छन्।

महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा रहेका उनले गएराति आत्महत्या गरेका हुन्। उनले आफुले लगाएको ट्रयाक सुटको पासो लगाएर बाथरूममा आत्महत्या गरेको बताइएको छ।
महानगरीय प्रहरी आयुक्त कार्यालयले घटनाको पुष्टि गरेको छ।

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितीले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो। उनी नेपाल वायु सेवा निगमका कर्मचारी हुन भन्ने छ।

सम्बन्धित समाचार : साढे ३३ केजी सुन खोज्दै गृहको समिति : प्रहरीकै उच्च अधिकारी शंका घेरामा

माघ ७ मा हवाईमार्ग हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो। तस्करी गरि भित्रिएको उक्त सुन गायब बनाएको भन्दै तस्कर समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि गृहले अनुसन्धानका लागि बिशेष छानबिन समिती गठन गरेको हो।

छानबिन समितले आरके ज्वेलर्सका राजेन्द्र शाक्यसहित हालसम्म १९ जना पक्राउ परिसकेका छन्। सुन तस्करीको सञ्जाल भत्काउन सक्रिय समितीले प्रहरीका उच्च अधिकारी र प्रतिष्ठित व्यवासयीलाई शंकामा राखेर अनुसन्धान गरिरहेको छ।

प्रकाशित ३० चैत २०७४, शुक्रबार | 2018-04-13 09:38:57
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...