कृषिमा वैदेशिक लगानी भित्र्याउन स्पष्ट नीति आवश्यक


Infocus



कृषि परियोजना
कृषि परियोजना

राष्ट्रिय किसान आयोगको आयोजना एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा आज आयोजित एक कार्यक्रममा कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीतिको आवश्यकता औँल्याएको छ।

‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, सम्भावना र चुनौती’ विषयक अन्तक्र्रियामा कृषिको आधुनिकीकरण एवं व्यवसायीकरणका माध्यमबाट राष्ट्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताउँदै वक्ताले स्पष्ट नीति तयार नगरी वैदेशिक लगानी भित्र्याउँदा त्यसले थप जटिलता ल्याउने बताएका छन्। 

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिको विकासका लागि वैदेशिक लगानी आवश्यक भए पनि त्यसलाई भित्र्याउने सन्दर्भमा हाम्रो आवश्यकताअनुरुप स्पष्ट नीति तय गरिनु आवश्यक भएको बताए। 'अबको युग आर्थिक समृद्धिको युग हो' उनले भने,'देशको अर्थतन्त्रलाई सबल पार्नका लागि कृषिमा परनिर्भरताबाट आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थाको सिर्जना गरिनुपर्छ।'

कृषि अर्थविज्ञ वासुदेव काफ्लेले कृषिको विकासका लागि निजी–सरकारी साझेदारीको क्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउँदै राज्यको भूमिका कृषक मैत्री बन्नुपर्नेमा जोड दिए। राष्ट्रिय किसान आयोगका सदस्य सचिव तेजबहादुर सुवेदीले वैदेशिक लगानीसँगै कृषिजन्य उत्पादनको बजारमा पहुँच वृद्धि हुने धारणा राख्दै कस्ता ठाउँमा लगानी गर्नेतर्फ भने स्पष्ट नीति तय गरिनुपर्ने उल्लेख गरे।

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले कृषिको व्यवसायीकरणका लागि राज्यले आफ्नो अनुकूलको नीति बनाएर वैदेशिक लगानी भित्र्याउनुपर्नेमा जोड दिए। वास्तविक किसानको पहिचान हुनुपर्नेमा जोड दिँदै उनले किसानको सञ्जाल एउटै हुनुपर्ने र त्यसका माध्यमबाट कृषि क्षेत्रसँग सम्बन्धित गतिविधि सञ्चालनमा आउनुपर्ने धारणा राखे।रासस 

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 21:01:54
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।