कपाल सिधा बनाउने आइरनमा सुन तस्करी




केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि यसरी सुन तस्करीमा संलग्न ६ जनालाई दुबईबाट भित्रिएको सुन सहित नियन्त्रणमा लिएको छ।

NIC ASIA

प्रहरीले पछिल्लो समय लामो कपान सिधा बनाउन प्रयोगहुने आईरनमा सुन भित्राउने समुहलाई पक्राउ गरेपछि सुन तस्करीको नयाँ तरिका सार्वजनिक भएको हो।

ब्युरोले वाग्लुङ घरभई भिमसेनगोला बस्ने शशीकला भण्डारी गुरूङ, जडिबुटीका सरोज केसी, झापा दमकका होम बहादुर बुढाथोकी, काभ्रे सखुपाटीका जिवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारत महाराष्ट्र घर भएका योगेश मगरलाई पक्रेको हो।

ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार सोमबार फलई दुबईबाट काठमाडौं ओर्लिएका बुढाथोकीलाई पच्छयाउदै जाँदा सानो परिमाणमा नियमित भै रहेको सुन तस्करीको नयाँ जालो फेला परेको हो। सुन तस्करी गर्ने समुहले अनेकन उपाय प्रयोगमा ल्याईरहेका छन्। कहिले जुत्ताको सोल नै सुनको हुन्छ त कहिले सुनलाई नै रंगाएर सुटकेशको कभर बनाएर तस्करी भै रहेको हुन्छ।

उनका अनुसार शशीकलाका श्रीमानले दुवईबाट इलेक्टिक अइरन मा सुन लोड गरी नेपालमा पठाउने गरेका थिए। यसरी भित्रिएको सुन समुहले काठमाण्डौ कोटेश्वर स्थित बज्र्राचार्य गहना प्रालि र शाक्य अर्नामेन्ट समेतमा बिक्री गर्ने गरेको खुलेको हो। ब्युरोले घटनास्थलबाट एकसय ४५ तोला सुन र एउटा बलेनो कार बरामद गरेर राजस्व अनुसन्धान विभागमा बुझाएको हो।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 19:59:26
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।