हवाई दुर्घटना: आयोग बन्छन्, प्रतिवेदन कार्यान्वयन हुँदैनन्


Infocus


नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ।

NIC ASIA

सोमबार भएको युएस बंगला एयरको विमान दुर्घटनापछिपनि सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानविन समिति गठन गरिसकेको छ।

सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक/पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ। तर प्रतिवेदन कार्यान्वयनतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दैआएको छ। तर, समस्या न्यून हुनुको साटो बढ्दै गएको छ। समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकता समेत महसुस भएको छ।

युएस बंगला विमानको दुर्घटनापछि हवाई सुरक्षाका विषयमासमेत चासो र चिन्ता बढेको छ। विभिन्न खालका आशंका र अनुमान गरिएका छन्। तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारहरुको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्व महानिर्देशक राजेशराज दली विगतमा भएका दुर्घटना जाँचबुझ आयोगले सिफारिश गरेको प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिएको बताउँछन्।

‘दुर्घटना जाँचबुझ आयोगको सिफारिश अक्षरशः कार्यान्वयन गर्नेतर्फ तदारुकता देखाउनु जरुरी हुन्छ’ दली भन्छन्, ‘तर किन त्यस्ता प्रतिवेदन कार्यान्वयन भएनन् भन्नेतर्फ कसैको ध्यान गएको पाइँदैन।’

२८ फागुनको दुर्घटनाले हवाई सुरक्षाको पाटोमा समेत असर पर्नसक्ने देखिएको छ। पूर्व महानिर्देशक दलीका विचारमा, हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमा समेत अध्ययन हुनुपर्दछ।

हवाई दुर्घटनालाई नजिकबाट नियाल्ने हो भने विमानस्थलमै भएको यो पहिलो ठूलो दुर्घटना हो। दुईवर्ष पहिले टर्किस एयरको विमान दुर्घटनामा परेको थियो। तर सो दुर्घटनामा वायुयानमा क्षति पुगे पनि मानवीय क्षति भएन।

दुर्घटनामा परेको टर्किस एयरको जहाज प्रयोग गरेर क्याप्टेन वेद उप्रेतीले विमानस्थल नजिकै सिनामंगलमा हवाई संग्रहालय बनाएका छन्।

यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटनामा परे। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो।

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा १ सय १३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा पर्दा १ सय ५७ जनाले ज्यान गुमाए।

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पर्दा पाँच जनाले ज्यान गुमाएका थिए भने सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन ।

पटक पटक भएका हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर सोमबारको दुर्घटनालाई गम्भीर दुर्घटनाका रुपमा टिप्पणी गर्छन्। मानन्धर भन्छन्, ‘ठूलो एवं गम्भीर दुर्घटना भयो। के कति कारणले जहाज दुर्घटनामा परेको हो, त्यसको छानबिनपछि मात्रै थाहा होला। तर, जे जस्तो कारणले भएको भए पनि यो भयानक दुर्घटना हो।’

पत्ता लाग्दैनन् दुर्घटनाका कारण
विमानस्थलमै ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएका कारण अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो।

नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन्। सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो।

काठमाडौंबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो।

प्राधिकरण गम्भीर
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले सोमबारको विमान दुर्घटनाले प्राधिकरणलाई थप गम्भीर र संवेदनशील बनाएको बताए। के कति कारणले विमान दुर्घटना परेको हो भन्नेबारेमा भने आयोगको प्रतिवेदन नआएसम्म आफूहरुले केही बताउन नसक्ने श्रेष्ठले उल्लेख गरे।

एकल धावनमार्गका कारण हवाई ट्राफिक बढेको सन्दर्भमा निर्माणाधीन विमानस्थलको छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ।

नेपालमै थप विमानस्थल नभएका कारण कुनै दुर्घटना हुने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन नसक्दा धेरै उडान अन्यत्र फर्काउनु परेको छ। सोमबार पनि एक दर्जन बढी उडान लखनऊ र कोलकातातर्फ फर्काउनु परेको थियो भने केही उडानलाई आकाशमै ‘होल्ड’ गर्नुपरेको थियो।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 18:35:02
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...