'कन्ट्राेल रूमकाे निर्देशन उल्लंघन गर्दा दुर्घटना' (भिडियाे)

बंगलादेशी विमान दुर्घटनामा २२ जीवित, ४९ को मृत्यु


Infocus


युएस–बंगला विमान दुर्घटनामा २२ नेपाली सहित ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ। हाल ११ नेपाली, १० विदेशी र एकजना पहिचान नखुलेका एक जनाकाे उपचार भइरहेकाे छ।

NIC ASIA

सुरक्षाकर्मीले विमानबाट ४० शब ३१ जनालाई जीवितै उद्धार गरेका थिए। ९ जनाको उपचारकाक्रममा मृत्यु भएकाे हाे। उपचारकाक्रममा विमानकी कोपाइलट पृथुलासहित चालक दलका दुइ जनाकाे केएमसी अस्पतालमा मृत्यु भएको हो।

महानगरीय प्रहरी कार्यालयका अनुसार विमानमा ४ जना चालक दलका सदस्यसहित ७१ जना सवार थिए। जसमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्स नागरिक थिए।

महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीकाअनुसार बसन्त बोहरा, सनम शाक्य, आशिष रंजित, बिनोदराज पौड्याल, दयाराम ताम्राकार, हरिप्रसाद सुवेदी, किशोर त्रिपाठी, प्रिन्स शशि धामी, समिरा ब्यञ्जनकार र केशव पाण्डेको उपचार भइरहेको हो।

कन्ट्राेल रूमकाे निर्देशन उल्लंघन गर्दा दुर्घटना

चालक–एयर ट्राफिक कन्ट्रोलबीचको कुराकानीअनुसार विमानस्थलमा अवतरणका क्रममा समञ्जस्य मिलाउन नसक्दा विमान दुर्घटना परेको हो।

युएस बंगला एयरलाइन्सको बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजकाे जहाज ढाकास्थित शाहाजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउसो १२ः३० काडमाडौंका लागि उडेको थियो। निर्धारित २ बजे सो जहाज काठमाडौं आकासमा आइपुगेको थियो। 

त्रिभुवन अन्तर्राष्टि विमानस्थलमा सुरुमा यो जहाजले दक्षिणतर्फबाट अवतरण गर्न ‘अप्रोच’ गरेको थियो। तेस्रो प्रयासमा अवतरण गर्न लाग्दा ७४ सिट क्षमताकाे एसबी २११ उडान नम्बर भएकाे १७ वर्ष पुरानाे याे विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलकाे उत्तरपट्टि घाँसे चउरम २:१८ बजे दुर्घटना भएको हो।

काेटेश्वकाे नजिकै अाइपुगेपछि चालकले धावनमार्ग देखिएन भन्दै एयर ट्राफिक कन्ट्राेल (एटिसी) टावरलाइ खबर गरेका थिए। त्यसलगत्तै जहाज दायाँ माेडिएर चाँगुनारायणतिर गयाे। त्यतिबेला दिउँसाेकाे २:१५ बजेकाे थियाे। चाँगुनारायणाकाे कुनाेबाट फर्किएर अवतरण गर्न अप्ठ्याराे पर्छ। ठूलाे जहाजलाइ असम्भव नै हुन्छ।

विमानस्थल एटिसीले सामान्यत: चाँगुनारायणतिर गएकाे जहाजलाइ धादिंग-मकवानपुर-बारातर्फ फन्काे लगाएर फेरि अवतरण गर्न लगाउँछन्। बंगलादेशी चालकले याे नियम उल्लंघन गर्दै बाैद्ध हुँदै उत्तरपट्टिबाट अवतरण गर्न अनुमति माग्याे। अवतरण गर्न सफल नहुँदा पूर्व हान्निने क्रममा दुर्घटनाग्रस्त भयाे। 

सम्बन्धित समाचार : विमान दुर्घटनाअघि पाइल-टावर के सम्वाद भयो? (अडियो)

विमानस्थलका महाप्रबन्धक दीपकराज क्षेत्रीले जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आएपछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको क्षेत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए। ‘अर्को दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले ब्यालेन्स गर्न नसकेपछि विमान दुर्घटना हुन पुग्याे’, उनले भने। कलसाइन एस २–एजीयू विमान गलत दिशातर्फबाट अवतरण गर्दा दुर्घटनाग्रस्त भएको उनकाे दाबी थियाे।

अवतरण गर्नु पहिले पाइलर्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा सम्पर्क गर्दा विमानस्थल उत्तरतर्फबाट ल्यान्ड गर्न  सुझाब दिएका थिए। टाबरको सुझाब नमान्दा दुर्घटना भएको उनले दाबी गरे। पाइलट—एयर ट्राफिक कन्ट्रोल सम्वादमा पनि विमान चालक अलमलिएकाे सुनिएकाे छ। 

विमान रहेका ७१ यात्रुमध्ये मध्य ३३ जना नेपाली, ३२ जना बङ्गलादेशी, एक जना चाइनीज र मालदिप्स एक जना नागरिक थिए। ३७ पुरुष, २७ महिला र २ बच्चा सवार थिए।

मृतकहरूकाे साेमबार राति अबेरसम्म पनि सनाखत हुन सकेकाे छैन।

फाेटाे/भिडियाे: प्रबिन काेइराला

प्रकाशित २८ फागुन २०७४, सोमबार | 2018-03-12 20:55:26
Max TV
Max TV
Zen Travels

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • ओली र प्रचण्ड

    यस्तो छ ७ बुँदे निर्देशनसहित ओली र प्रचण्डले जारी गरेको विशेष सर्कुलर

    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन्।

  • कांग्रेस-कम्युनिष्टको झगडाले भारतीयलाई थारु महाधिवेशन उद्घाटनको अवसर

    देउवाबाट उद्घाटन गराउने कुरामा नेकपा समर्थकहरु सहमत भएनन्। कांग्रेस-कम्युनिष्टबीच मतैक्यता नभएपछि सम्मेलनमा अतिथिको रुपमा आएका भारतको थारु...

  • बिमानस्थलमा प्रचण्डलाई स्वागत गर्दै बामदेब गौतम

    ‘पखाला लाग्यो’ भन्दै शीतलनिवास नगएका बामदेव प्रचण्ड भेट्न विमानस्थल पुगेपछि

    शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र...