विमान दुर्घटनाअघि पाइलट-टावर के सम्वाद भयो? (अडियो)

अवतरण गर्ने अवस्थामा अर्काे जहाज देखिएकाे पाइलटले बताएका छन्




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना अघि पाइलट र एयर ट्राफिक कन्ट्रोल (एटीसी) बीच भएको सम्वाद सार्वजनिक भएको छ।

NIC ASIA

सो अडियो सम्वादअनुसार पहिला पाइलटले रनवे २० अर्थात दक्षिणतर्फबाट अवतरण गर्न खाेजेका हुन्छन्। पछि एटीसीले बीएस २११ सो उडानलाई रनवे जेरो टु अर्थात् उत्तरतर्फबाट अवतरण गर्न निर्देशन दिन्छन्।

यो बीचमा चालक अलमलमा परेको अडियोबाट पुष्टि हुन्छ। जहाज अाकाशमा घुमिरहँदा एयर ट्राफिक कन्ट्राेल कर्मचारीबीच बीएस २११ बारे यस्ताे कुराकानी हुन्छ:

एटिसी-१ 'याे २०-२० (अर्थात् दक्षिणतिरै) अलमलिएजस्ताे छ।' 

एटिसी-२ 'याे डिसअाेरिएन्टेड भएजस्ताे लाग्याे।'

एटिसी-१ 'यसलाइ रडार... गरेर उता पठाउनु पर्छ जस्ताे है। याे कता जाल। यसकाे सर्ट अाउटिंग डाँडाकाँडामा त्यति राम्राे छैन है।' 

उत्तरतर्फबाट अवतरण गर्ने प्रयास गर्दा बाटोमा अर्को जहाज देखिएको सम्वाद अडियोमा छ। अर्को जहाजलाई ठक्कर दिनबाट जोगाउँदा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको हुनसक्ने एटिसी-पाइलटबीचकाे याे सम्वादले पुष्टि गर्छ।

सम्वादकाे अडियाे सुन्नुहाेस् :

प्रकाशित २८ फागुन २०७४, सोमबार | 2018-03-12 19:36:37
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।