मनोज पुन जसलाई ‘इनभिजिबल’ फाेन कलले मृत्युतिर डोर्‍यायो


Infocus



प्रहरी इन्काउन्टरमा मारिएका मनाेज पुन
प्रहरी इन्काउन्टरमा मारिएका मनाेज पुन

गुन्डा नाइके मनाेज पुन कुनै बेला एमाले भातृ संगठन युथ फाेर्सकाे सक्रिय कार्यकर्ता थिए।

युथफाेर्स त्यही संगठन हाे जसलाइ एमालेले वाइसिएलकाे प्रतिकार गर्न भन्दै २०६५ मा निर्माण गरेकाे थियाे। २०६६ सम्म माअाेवादी वाइसिएल रहेका उनी त्यसपछि युथफाेर्स प्रवेश गरेका थिए। देबदह (रुपन्देही) का पुन २०६९ सम्म युथ फोर्सको क्षेत्रीय कोषाध्यक्षकाे भूमिका रहे। लुटपाट, गुन्डागर्दीका घटनामा संलग्न भएकाे उजुरी बढ्न थालेपछि उनलाइ संगठनले कारवाही गर्यो।

ठेक्कापट्टाको काम गर्ने पुनको राजनीतिक यात्राको अन्त्य त्यही मोडमा आएर भएको घटनाकाे अनुसन्धान गरिरहेका नेपाल प्रहरी केन्द्रीय अनुसन्धन ब्यूरो (सिआइबी)का एसएसपी घनश्याम अर्याल बताउँछन्। 'संगठनमा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता अपराधिक काम गरेकाले पुन कारवाहीमा परेका थिए, कारवाही पश्चात उनले त्यो कामलार्इ अझै प्रथामिकता दिए।'

२०७३ पुस ४ मा युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गाप्रसाद तिवारीकाे हत्याका पछाडि त्यही राजनीतिक इबी मुख्य कारण रहेकाे उनकाे ठहर छ। संगठनबाट बाहिरिएपछि उनले तिवारीलाई नै पहिलो निशाना बनाए। हत्या हुनु केही महिना अघि २०७२ फागुनमा पनि दुर्गामाथि गोली प्रहार भएको थियो। त्यसबेला उनी बच्न सफल भएका थिए। तर, २०७३ पुसमा तिवारीमाथि चलाइएको गोली चुकेन र उनी मारिए।

सम्बन्धित समाचार : बाह्र गाेलीमा उड्यो गुण्डा नाइके मनाेज पुनकाे प्राण पखेरू

नेकपा एमालेको भातृसंगठनबाट असफल भएपछि पुनले आपराधिक जालो निर्माणलाइ तीब्रता दिए। पुनले आफ्नो अपराधिक जालोमा हतियारमा चलाउनमा कुशल, पूर्व सुरक्षाकर्मी र भारतीय नगरिकलार्इ सामेल गराएका थिए। त्यसैको फलस्वरुप रुपन्देहीका फर्निचर व्यवसायी बसन्त पौडेल र निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन मारिए।

१६ सहयाेगी पक्राउ पर्दा पनि बचेका थिए पुन

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि एकाएक चर्चामा आएका मनोज पुन नामका  मनोज बुढा मगर २०७३ पुस ४ गते देवदहको खैरेनीमा तिवारीमाथि गोली चलाउनसाथ उनले प्रहरीलार्इ र पत्रकारहरूलाई फोन गरेर हत्याको जिम्मा लिदै गम्भीर अपराधिक दुनियाँमा प्रवेश गरेका थिए। प्रहरीकाअनुसार पुनले २०७२ फागुन २० मा दुर्गा तिवारीमाथि पहिलो पटक देवदहकै एक इँटा कारखाना नजिकै गोली हानेका थिए। उक्त आक्रमणमा बचेका तिवारी २०७३ पुसमा सिकार बनेका थिए।

गोली हानेको लगायत अन्य घटनाको अभियोगमा २०७३ जेठमा प्रहरीले पुनका सहयोगीहरु रुपन्देही देवदहका २७ वर्षीय शालिकराम चापागाइँ, नवलपरासी सुनवलका ऋषिराम घिमिरे, कास्कीका सन्जोग नेपाली, रुपन्देहीका राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, बेनिराम सोमै, र रवि केसीलाई पक्राउ परेको थियो।

सम्बन्धित समाचार : गुण्डानाइके मनोज पुनसहित दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु

गत साउन २० गते रुपन्देहीको मणिग्रामका टायल व्यवसायी दुर्गालाल भण्डारीको पसलमा गोली प्रहार गरी घटनाको जिम्मा लिएका थिए। उनले भण्डारीसँग ३० लाख चन्दा मागेका थिए। चन्दा नपाएपछि उनीमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ।

गत पुस २१ गते देवदहै फर्निचर व्यवसायी बसन्त पौडेलको पुनको याेजनामा हत्या भयो। फर्निचरमा काठ किन्ने नाममा पुगेका दुई जनाले पौडेलको हत्या गरेका थिए। पुनलाई यो क्रियाकलपामा सघाउने झण्डै १६ जना सहयोगी पक्राउ परे तर पनि पुन बचेँ। गत वर्ष भारतका शहरमा रहेको बताउने उनले पछिल्लाे समय मलेसिया रहेको बताइरहेका थिए। तर प्रहरीले भने भारतमै रहेको विश्वाससहित उनीमाथि नजर बढाएको थियो। उनलाइ खाेजी गर्न सिअाइबीको टोली भारतको गोवा पुगेको थियो।

गत असोज २३ मा नेपाल निर्माण व्यवसायी महासंघका अध्यष शरदकुमार गौंचनको हत्यामा मनोज पुन संलग्न रहेको खुलेपछि प्रहरीले उनले गराएका थप दुर्इ घटनाबाट प्रहरीले अनुसन्धान थालेको थियो।

सिआइबीको अनुसन्धानले निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा केही फरार अभियुक्त पनि संलग्न भएको ठहर गर्यो। त्यसमध्ये एउटा नाम थियाे श्याम गुम्बे। प्रहरीले उनलाइ सुटरको रुपमा पहिचान गरेकाे थियाे। गौचनमाथि गोली प्रहार र रुपन्देहीका केही गोलीकाण्डका संकेतहरु मिल्न गएपछि गत माघ ९ गते प्रहरीले सुटर गुम्बेलार्इ चितवनबाट पक्राउ गर्‍यो।

सेनाबाट भागेर अपराधीका काममा लागेका अभियुक्त गुम्वेलाई प्रहरीले गौचनहत्याकण्ड भन्दा पहिलेदेखि नै खोजी गरिरहेको थियो। उनको नाम २०७३ पुष ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याकण्ड र अन्य विभिन्न घटनामा जोडिएकोले सुटर गुम्बे र मनोज पुनको सम्बन्ध खुलेको थियो।

अन्तत: प्रहरी गाेलीबाट रुपन्देहीस्थित देवदह नगरपालिका वडा नम्बर ४ मा बुधबार बिहान पुनसहित उनका सहयोगी सोम आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले पुष्टि गरे।

प्रहरीमाथि गाेलीकाे वर्षा, हेडलाइटमा गाेली लाग्याे: श्याम ज्ञावाली, एसपी, रुपन्देही प्रहरी प्रमुख

करिब तीन दिन अगाडि काठमाडौंबाट सिआइबीको टोली रुपन्देही झर्‍यो। सिआइबीको टोलीले आफूसँगै एउटा सूचना रुपन्देही पुर्‍याएको थियो। पूर्व निर्धारित कुनै योजना थिएन र कुनै अप्रेसन पनि थिएन। सिआइबीको सूचनाका अधारमा साथीहरु आफ्नो काममा तीन दिन अगाडि नै लागिसेका थिए। मनोज पुनले ठूला घटना गराइसकेकाले पनि हामी अर्को घटना हुन्छ कि भनेर सतर्क थियौं। तर पुनको केही अत्तोपत्तो लागेको थिएन।

केही स्थानीयले मनोज पुन रुपन्देहीमै छ भनेर हामीलार्इ सूचना दिएका थिए। त्यस्ता उजुरी गर्नेमा ठूला व्यापारी र नेताहरु थिए। उनीहरुले हामीलार्इ मनोज पुनको फोन आएको छ त्यो मान्छे रुपन्देहीमै छ भन्ने कुरा गरिरहेका थिए। त्यसले हामीलार्इ झनै प्रेसर बढेको थियो।

आज विहान ३-४ बजेको हुँदोहो हामीलार्इ मनोज पुन र उसका साथीहरु देखिएको एउटा सूचना आयो। त्यही सूचनाका आधारमा हामीले प्रहरीको विभिन्न छुट्टाछुट्टै टोली परिचालन गर्‍यौं।  

घटनापछि फिल्ड पुगेकाे प्रहरी टाेलीले गरेकाे रिपोर्टअनुसार मोटरसाइकलमा परिचाल गरिएका हाम्रा साथीहरुले एउटा सूचनाको आधारमा पुनको अपराधिक गिरोह बसेको ठाउँतिर जाँदै थियो। त्यही क्रममा उक्त गिरोहसँग हाम्रो साथीहरुको जम्काभेट भयो। त्यस लगत्तै उताबाट गोलीचल्यो। हाम्रा साथीहरुले प्रयोग गरेको मोटर साइकलको हेडलाइटमा गोली लाग्यो। उताबाट गोलीको बर्षा नरोकिँदा हाम्रो साथीहरुले पनि प्रतिउत्तरमा गोली चलाए।

केही समयसम्म दुवैतिरबाट लगातार गोली चलिरह्यो। सायद मनोज पुनको गिरोहलार्इ हामीसँग सामाना गर्नुपर्छ भन्ने लागेको थिएन। त्यसैले उनीहरुलार्इ कुनै पूर्व तयारी बिना नै हामीसँग मुटभेड गर्नुपर्‍यो। दुखद भन्ने कि एउटा अपराधिक गिरोह नाइके मारिएको सुखद घटना भन्ने त्यसपछि यो घटना हुन पुग्याे। हाम्रो टोलीले प्रतिउत्तरमा चलाएको गोलीले उनीहरु घाइते भएलगत्तै लुम्बिनी अञ्चल अस्पताल पुर्याइएकाे थियो। डाक्टरहरुले उनीहरुलार्इ मृत घोषणा गरे। यस सफलतामा काठमाडौंबाट आएको सिआइबोको टोलीले धेरै सहयोग पुर्‍याएको छ।

मनोज पुनको बारेमा हामीले धेरै अनुसन्धान गरेका थिएनौं। अनुसन्धान सबै सिआइबीको टोलीले गरेको हो। कसैले उ मलेसियामा छ भनिरहेका थिए। कसैले भारतमा छ भनिरहेका थिए। रुपन्देही प्रहरीलार्इ त्यो कहाँ थियो थाहा थिएन। र रुपन्देही कहाँबाट आएको हो भन्ने पनि थाहा भएन। हामीमाझ अचानक यो अवस्था आइपरेको मात्र हो। तीन दिनसम्म प्रहरीले चलाएकाे बिना नामकाे त्यो अप्रेसनले एउटा खतरनाक ज्यानमारा अपराधी प्रहरीबाट बच्न सकेन भन्ने हाम्रो ठहर छ। 'इन्काउन्टर' गर्ने हाम्रो उद्देश्य थिएन। अचानक यो अवस्था आइपरेको हो।

त्यो फोन जसले मनोज पुनलार्इ मृत्युको घाट उतार्‍यो: घनश्याम अर्याल, एसएसपी, (सिआइबी)

दुर्गा तिवारी त्यसपछिका बसन्त पौडेल र शरदकुमार गौचन हत्याकाण्डमा हामीले मनोज पुन नै मुख्य योजनाकार भएको पहिचान गरेका थियौं। मनोज पुन र उनीसँग जोडिएका अपराधीलार्इ हामीले पक्राउ गरिरहेका थियौं। मनोज पुनसम्म पुग्न त्याे नै हाम्रा लागि सहयाेगी बन्याे।

ती तीन घटनाले पुन एउटा ठुलो अपराधिक गिरोहको नाइके भइसकेको हामीले पहिचान गरिसकेका थियौं। सुत्रहरु सबैले पुन मसेसियामा छ भनिरहेका थिए। कसैले नेपालको हिमाली भेगमा लुकेर बसेको छ भनिरहेका थिए। तर हाम्रो अनुसन्धानले एउटा मनोज पुन भारतमै रहेको ठहर करिब दुर्इ महिना पहिला नै गरिसकेको थियो।

पुन कुन ठाउँमा लुकेर बसेको छ भन्ने कुरा हामीले पत्ता लगाउन सकेका थिएनौं। त्यसकाे कारण याे थियाे कि उसकाे फाेन कसैसँग थिएन। नेपालका व्यवसायीलाइ धम्की दिँदा उसले सधैँ नम्बर नदेखिनेगरी मात्र फाेन गर्थ्याे। त्याे 'इनभिजिबल कल' लामाे समय त्याे उसकै ठूलाे स्ट्रेन्थकाे रूपमा रह्यो। तर अन्तत: मनोज पुनको अन्त्य त्यही इनभिजिबल' फोनकै कारण हुन पुग्यो।

उक्त फोनको लोकेसन मलेसियामा ट्रेस भएको थियो। तर हाम्रो सम्पर्क सुत्र भन्थ्यो मनोज पुन भारतमा छ। हामी अलमलमा थियौं। तर पुनको नजिक पुग्दै गएका थियाैं। केही समयपछि पुन हाम्रो हिरासतमा हुन्छ भन्ने हामीलार्इ लाग्न थालेकाे थियाे।

त्यसैबेला हाम्रो सुत्र पुन नेपाल आएको खबर गर्‍यो। रुपन्देहीमा आफ्नो हिरोहसहित पुन देखापरेको खबर आएको थियो। हामीले एउटा विशेष टोली रुपन्देहीमा पुर्‍यायौं र आज बाहान याे घटना हुन पुग्याे।

प्रकाशित ९ फागुन २०७४, बुधबार | 2018-02-21 18:30:24
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं