Exclusive

कान्तिपुरमा संरचनागत परिवर्तन



नेपालको प्रभावशाली मिडिया हाउस कान्तिपुरले रजत जयन्तीको पूर्वसन्ध्यामा समाचार कक्ष संरचनामा महत्वपूर्ण फेरबदल गरेकाे छ।

समाचार सम्पादक हरिबहादुर थापालाई कान्तिपुर दैनिकको सम्पादक पदमा बढुवा गरिएको छ। प्रधान सम्पादक सुधिर शर्माको प्रस्तावमा थापालाई सम्पादक बनाइको कान्तिपुर मिडिया ग्रुप (केएमजी)का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बताए।

कान्तिपुर टेलिभिजनका समाचार सम्पादक दिलभुषण पाठकले विदा लिएका छन्। उनको ठाउँमा नेपाल म्यागेजिनका प्रधान सम्पादक प्रशान्त आर्याल लगिएको छ।

बसन्त बस्नेत नेपाल म्यागेजिनको सहायक सम्पादक बनेर कान्तिपुर फर्किएका छन्। उनले नेपाल म्यागेजिनलाई कार्यकारी नेतृत्व दिनेछन्। म्यागेजिनको प्रधान सम्पादकमा सुधीर शर्मा नै रहने छन्। गत भदौमा सम्पादकको रुपमा अन्नपूर्ण टुडे म्यागेजिन जानुअघि उनी कान्तिपुरमै थिए।

राज्य संघीयतामा गएसँगै कान्तिपुरले आफ्नो समाचार कक्षलाई पनि पुनःसंरचना गरेको हो। ब्युरो प्रमुखको ठाउँमा ब्युरो सम्पादक बनाइएको छ। सातै प्रदेशमा प्रदेश संयोजक तोकिएका छन्। कान्तिपुर सातै प्रदेशबाट प्रकाशित हुनेगर्छ। केएमजीका अध्यक्ष एवं प्रबन्ध निर्देशक सिरोहियाले यी परिवर्तनहरुले कान्तिपुरलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित ६ फागुन २०७४, आइतबार | 2018-02-18 23:25:07
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...