१९ वर्षे विद्यार्थीले गोली चलाउँदा अमेरिकाको स्कुलमा १७ जनाको मृत्यु


Infocus



अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एक हाइस्कुलमा मच्चिएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ।

NIC ASIA

पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइस्कुलमा बुधबार दिउँसो करिब साढे दुई बजे स्कुल छुट्टी हुने समयमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्।

गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। घाइते भएका दर्जनौं विद्यार्थीलाई अस्पताल लगिएको छ।

बन्दुकधारी सोही स्कुलका पुर्व विद्यार्थी १९ वर्षीय निकोलस क्रुज रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

स्कुल रहेको ब्रोवार्ड काउन्टीका प्रहरी अधिकारी स्कट इजरायलका अनुसार बन्दुकधारीको साथमा कम्तिमा एउटा राइफल र दर्जनौं म्यागाजिन थिए। बन्दुकधारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

बन्दुकधारी क्रुजलाई अनुशासनहिन भएको भन्दै उक्त स्कुलबाट निकालिएको सुरक्षा अधिकारीले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै भनेका छन्, ‘अमेरिकाका स्कुलमा विद्यार्थी, शिक्षक वा कसैले पनि असुरक्षा महसुश गर्नु हुँदैन।’

अमेरिकाका स्कुलहरुमा हरेक वर्ष जसो कतै न कतै यस्ता गोलीकाण्डहरु हुँदै आएका छन्। 

विश्वका अन्य देशमा विरलै यस्ता घटनाहरु हुने भन्दै अमेरिकी सुरक्षा विश्लेषकहरुले फेरि पनि यस्ता घटना रोक्न सरकारले विशेष कदम चाल्नु पर्नेमा जोड दिएका छन्।

प्रकाशित ३ फागुन २०७४, बिहिबार | 2018-02-15 07:32:41
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...