कर्णाली बनाउन प्रदेशमा झरेको हुँ: शाही


Infocus



फाइल फोटो
फाइल फोटो

हुम्ला (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका जीवनबहादुर शाहीले कर्णाली बनाउन आफू प्रदेशमा झरेको बताएका छन्।

NIC ASIA

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री शाहीले यो प्रदेशको अर्थतन्त्र बलियो बनाउन उत्पादनमा वृद्धि र उद्योगधन्दाको विकास गर्नुपर्ने बताउँदै जनताको कर असुलेर अर्थतन्त्र बलियो नहुने धारणा व्यक्त गरेका हुन्। 

यस प्रदेशका नागरिकको समृद्धि र विकासलाई ध्यानमा राखेर प्रदेश झरेको बताउँदै उनले भने,'प्रथमतः यो प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेर काम गर्न हुम्ली जनताले मलाई निर्वाचित गरेका थिए तर मुलुकमै नेपाली काँग्रेसको अनपेक्षित पराजयको परिणामले यो अवसर गुम्यो, तथापि प्रदेश निर्माणको सवालमा हामीले महत्वपूर्ण प्रतिपक्षको भूमिका पाएका छौं।' 

दूरदर्शी र दीर्घकालीन महत्वका योजना बनाउन सके कर्णालीको बाटो र ढुंगामा पनि पैसा लुकेको बताए, उनले भने,'यो प्रदेशको समुन्नतिका लागि सबैभन्दा ठूलो कुरा मानव संसाधन हो, यसको भरपुर प्रयोग हुनुपर्दछ।' प्रदेशको समृद्धि र समुन्नतिका लागि बाटो, बिजुली, विचार (सञ्चार), वन, बजार र व्यवस्थापनजस्ता ६ वटा ‘ब’ मा विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं जल, जंगल, जडीबुटी, पर्यटन, कृषि, खानी, खनिजयुक्त यो प्रदेशको सामान्य ढुंगामा पनि धन रहेको उनले बताए।रासस 
––– 

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 20:27:14
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।