सेनाले भन्योः द्रुतमार्ग परियोजनाको ठेक्का हामीले मागेका होइनौँ

सेना दिवसमा सेनापतिको सन्देश- हाम्रो गैरराजनीतिक चरित्रमा असर पुर्‍याउन खोजियो




नेपाली सेनाले आफ्नो गैरराजनीतिक चरित्रमा आक्रमण हुन थालेको बताएको छ। सेना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाको चरित्रमा ‘असर पार्ने विविध प्रकृतिका दबाब र परिघटनाप्रति’ सचेत रहन सकल दर्जालाई आग्रह गरे।

NIC ASIA

यस्ता दबाब र परिघटनाले फौजको एक ढिक्कापन, सामाजिक न्याय र जनविश्वास टुट्ने सम्भावना रहने उल्लेख गर्दै प्रधानसेनापति क्षेत्रीले सेनाको आधारस्तम्भको रुपमा रहेको ‘चेन अफ कमाण्ड’ लाई असर पार्ने गतिविधि भए कारबाही गरिने चेतावनी पनि दिए।

पछिल्लो समय ठेक्कापट्टा र व्यापारिक गतिविधिमा सेनाको सहभागितालाई लिएर भएको बहसतर्फ इंगित गर्दै प्रधानसेनापति क्षेत्रीले काठमाडौँ–मधेस द्रुतमार्ग सेनाले मागेर नलिएको दाबी गरेका छन्। ‘राष्ट्रिय गौरवको यो परियोजना नेपाली सेनाले मागेको होइन, न त खोजेको नै हो,’ प्रधानसेनापति क्षेत्रीले भने, ‘यो त नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताले दर्शाएको भरोसा र विश्वासको प्रतिफल हो।’

उनले यो परियोजना समयमै सम्पन्न गरेर उदाहरणीय बन्ने अवसर नेपाली सेनासमक्ष रहेको र परियोजना सम्पन्न गर्नका लागि रक्षामन्त्रालयसहित सरोकारवाला निकायबाट सहयोग रही आएको पनि बताए। प्रधानसेनापति क्षेत्रीले यो आयोजना लक्षित समयभित्र तोकिएको मापदण्डमा कुनै सम्झौता नगरी निर्माण सम्पन्न गर्न पनि निर्देशन दिए।

त्यस्तै प्रधानसेनापतिले ‘मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरुका गतिविधिलाई निस्तेज बनाउन कुनै कसर बाँकी नराख्ने’ चेतावनी दिएको छ। यद्यपि उनले त्यस्तो गतिविधि कोबाट र कसरी हुन लागेको हो भन्नेबारे कुनै संकेत गरेका छैनन्।

सेनाको गौरवमय इतिहास, मौलिकपना, प्राचीन गाथा, पूर्खाले स्थापना गरेको मुल्य मान्यता र देशभक्ति प्रति गर्व गर्दै नेपाली सेना कठिन भन्दा कठिन परिस्थितिमा पनि संविधान निर्दिष्ट कार्यहरुको परिधिभित्र रही राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर रहेको उनको सन्देशमा उल्लेख छ ।

प्रधानसेनापति राजेन्द्र क्षेत्री

प्रधानसेनापति राजेन्द्र क्षेत्री

सातै प्रदेशमा पृतना र बाहिनी
त्यस्तै सो सन्देशमा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाको संरचनालाई समय सापेक्ष तुल्याउन परिमार्जित पुनर्ढाँचा र पुनर्संन्तुलनका योजनाहरु नेपाल सरकार, मन्त्रिपरिषदबाट स्वीकृत भई हाल कार्यान्वयनको चरणमा रहको बताउँदै यसले नेपाली सेनाको संरचनामा देखिएका कमी कमजोरीलाई सन्तुलित बनाउन र देशको संघीय संरचना अनुसार फौजको तैनाथी व्यवस्थित गर्न थप २ पृतना तथा २ बाहिनीहरु स्थापना र तैनाथ भइसकेको जनाए।

प्रदेशमा केन्द्रको कमाण्डमा पृतना र उसका मातहत प्रदेशको कमाण्ड रहने व्यवस्था अनुसारको संरचना सेनाले थपेको हो।

सेनाको पूरानो संरचनामा रहेका पूर्वाञ्चलको इटहरीस्थित पृतनालाई प्रदेश एक, मध्यमाञ्चलको हेटौंडामा रहेको पृतना प्रदेश ३, पश्चिमाञ्चलको पोखरामा रहेको पृतना प्रदेश ४ को मुख्यालयका रुपमा बिस्तार गरिएको छ। त्यस्तै मध्यपश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढीलाई क्रमशः प्रदेश ६ र प्रदेश ७ का मुख्यालयका रुपमा राखिएको हो। अब जनकपुर र बुटवलमा सेनाका पृतना रहनेछन्। उपत्यकामा रहने एउटा पृतना मुख्यालय यथावत रहने छ।

सेनामा खरिद पारदर्शिता
नेपाली सेनाको खरिद प्रक्रिया विवादित हुँदै आएको छ। यसलाई रोक्ने विभिन्न उपाय अपनाइए पनि विकृति हटेको छैन। विवादको यस विषयमा पनि सेनाले मुख खोलेको छ।

उसले खरिद तथा आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाई चालु आर्थिक वर्षबाट सम्पूर्ण खुल्ला बोलपत्रहरु ई–बिडिङ मार्फत गरिएको बताएको छ। त्यस्तै ठूलो मात्रामा विदेशबाट खरिद गर्नु पर्ने सामानहरु पारदर्शी तुल्याउन सरकारबाटै खरिद नीति (जिटुजी) मार्फत खरिद गरिने प्रक्रियालाई प्राथमिकता दिएको जनाएको छ। 

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 13:59:32
Max TV
Max TV
Zen Travels

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमाडौँ आइपुग्नासाथ पशुपतिनाथमा बाजपेयी, साथमा मन्त्री वाग्ले (पछाडि) र रतीन्द्र क्षेत्री (दायाँ-कालो भादगाउँले टोपीमा)

    बाजपेयीले नगरकोट रिट्रिट जान नमानेपछि

    मुसर्रफसँग हात मिलाउनु परेको घटनाका कारण आफ्नो भन्दा मुसर्रफको व्यक्तित्व बढेको र आफूले सम्बोधन गर्दैगर्दा धर्मराएको घटनाले बाजपेयीलाई नर्भस बनायो।...

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...