नुवाकोटका भूकम्प पीडितलाई सरकारले नै किनिदियो घडेरी


Infocus



भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ।

NIC ASIA

भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए।

उर्लेनीबाट विस्थापित भएका २४ परिवारलाई पुस अन्तिम साता नै बुदुनेमा जग्गा उपलब्ध गराइएको थियो। २४ विस्थापितको पुनःस्थापनाको काम शुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकरणले दोस्रो चरणमा थप २७ परिवारका लागि नौ रोपनी जग्गा खरिद गरी घर बनाउन घडेरी उपलब्ध गराएको हो।

भूकम्पले आवास पूर्ण क्षति भएका र पहिरोले बस्तीमासमेत जोखिम पु¥याएको परिवारलाई भूगर्वविद्को अध्ययन प्रतिवेदनको आधारमा सुरक्षित स्थानमा पुनःस्थापनाका लागि सरकारले घडेरी खरिद गर्न दुई लाख पैयाँ अनुदान दिने प्रावधान छ।

सोही प्रावधानअनुसार सरकारी सहयोगमा जग्गा खरिद गरी पीडितलाई हस्तान्तरण गरिएको हो।

प्रभावितका लागि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको सहजीकरणमा गाउँपालिका अध्यक्ष पाण्डेसहित नौ जनाले एकै स्थानमा जग्गा उपलब्ध गराएका हुन्।

विस्थापितका लागि पुनःस्थापना गरिएको स्थानमा गाउँपालिकामार्फत खानेपानी, सडक, विद्युत् लगातयका विकासका भौतिक पूर्वाधार निर्माणको काम सुरु गरिने अध्यक्ष पाण्डेले बताए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलका अनुसार ५४ लाख सरकारी अनुदानमा खरिद गरिएको जग्गा श्रीमान्÷श्रीमती भएकाको हकमा संयुक्त लालपुर्जा बनाएर प्रदान गरिएको छ।

उर्लेनीबाट विस्थापित ५१ घरधुरीलाई एकै स्थानमा राख्ने सरकारी तयारी छ। गाउँका २२ विस्थापित परिवारको लागि पनि जग्गा व्यवस्थापन अन्तिम चरणमा पुगेको प्राधिकरणको जिल्ला कार्यालयले जनाएको छ।

 

प्रकाशित ७ माघ २०७४, आइतबार | 2018-01-21 09:13:01
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।