राहत पाएपछि लमजुङमा पुनर्निर्माणले गति लियो


Infocus



सरकारी राहत पाएसँगै लमजुङमा पुनर्निर्माणले गति लिएको छ। राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ व्यक्तिगत घर निर्माणलाई गति दिएका हुन्।

सरकारले पहिलो किस्ता प्रदान गरेर गाउँमा प्राविधिक पनि खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण शुरु गरेका छन्। लाभग्राही सूचीमा परेका लमजुङका अधिकांश भूकम्प पीडितले सरकारबाट पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेका छन्।

भूकम्पबाट पूर्ण क्षति भएका लमजुङका १३ हजार नौ सय ५९ घरमध्ये १३ हजार ८४ भूकम्प पीडितले राहतको पहिलो किस्ता लिइसकेको सरकारी निकायको दाबी छ। रकम, जनशक्ति र प्राविधिकको अभावमा पुनःनिर्माणको काम अघि बढ्न नसकेपछि भूकम्प पीडित टहरा र क्षतिग्रस्त घरमै बसी जोखिम मोल्दै आएका थिए।

सरकारी संयन्त्रले राहत वितरणमा ढिलाइ गर्नाले पुनःनिर्माणले गति लिन सकेको थिएन। भूकम्प पीडितले घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ताको ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् त्यस्तै छाना छाउने तहसम्मको काम सम्पन्न गरेपछि मात्र तेस्रो किस्तामा सबै रकम भुक्तानी गर्ने सरकारी तयारी छ।

भूकम्प अति प्रभावित लमजुङको पूर्वी भेगका दुई सय ७० घर भने गैरसरकारी संस्थाको सहयोगमा निर्माण भइसकेका छन्।

भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएका पीडितको संख्या पनि लमजुङमा धेरै छ। त्यस्ता एक हजार तीन सय भन्दा बढी परिवारले जिल्ला समन्वय समितिमा सरकारी राहतको लागि निवेदन दिएका छन्।

प्रकाशित ७ माघ २०७४, आइतबार | 2018-01-21 08:18:34
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • सुरेश गैरे

    सुरेशकाे शालीन संगीत यात्रा

    ‘मलाई सफ्ट र मेलेडियस् संगीतमा काम गर्न मन पर्छ’ सुरेश भन्छन्, ‘भारतीय मोर्डन गीतहरुबाट बढी प्रभावित छु। पप गीतहरु खासै मन पर्दैन’, उनी सुनाउँछन्।...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।