नम्की-सिरानडाँडाः टहरोभित्र लुकेको संवृद्धि




NIC ASIA

गोरखाको अजिरकोट गाउँपालिकास्थित सिम्जुङमा झुरुप्प परेका दुइवटा गाउँ छन्, नम्की र सिरानडाँडा। यो बस्तीमा तामाङ समुदायको बाहुल्यता छ। स्थानीय खानीबाट झिकेको ढुङ्गाले छाएका चिटिक्कका घरहरु ०७२ को भुइँचालोले भत्केपछि यहाँका बासिन्दा जस्तापाताले छाएको, बारेको टहरोमा बस्दै आएका छन्।

यहाँ तामाङ सेलो, तामाङ संस्कृति, मनास्लु, हिमालचुली, गणेश, बौद्धलगायत हिमश्रृंखलाको मनोरम दृश्य तथा सुर्योदय र सुर्यास्तको दृश्य बढो मनमोहक देखिन्छन्। सिरानडाँडास्थित चिया बगान आन्तरिक र बाह्य पर्यटकलाई गाउँसम्म तान्ने अर्को आकर्षण बनेर उभिएको छ ।

नम्की–सिरानडाँडाका बासिन्दासंग बास बस्ने गतिलो घर नभएर के भयो? पाहुनालाई न्यानो स्वागत गर्ने र स्थानीय परिकारहरुको स्वाद चखाएर यही बसुँबसुँ लाग्ने बनाउन सक्ने मन र खुवी छ। मकै, भटमास, लप्सी र सिलामको अचार, कोदोबाट बनाएको रक्सी, लोकल कुखुरा होमस्टेमा बसोबास गर्ने पाहुनाले खान पाउँछन्।

हिउँदको चिसोमा बिहानैदेखि लाग्ने पहारियो घामले यहाँको वातावरण न्यानो बनाउँछ भने गर्मीयामको सितलताले लोभिएर पाहुनाहरु यहाँ पुग्छन्। आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि एक रात बसेको तथा खाएको पैसा धेरै छैन। एक हजार रुपैयाँमा मज्जासंग खानबस्न पुग्ने होमस्टे संचालकहरु बताउँछन्।

सिरानडाँडाकी ३९ वर्षीय तुलसा तामाङ गाउँमा होमस्टे प्रबद्र्धन गर्दै पर्यटक भित्र्याउन केही वर्षदेखि तल्लिन छिन्। उनकै सुझावमा सिरानडाँडाका तीन वटा घरमा तथा नम्कीका १२ वटा घरमा होमस्टे संचालनमा आएको हो। नम्कीमा होमस्टे संचालनका लागि भूकम्प अघि हरियो बनको सहयोगमा एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो। तर भूकम्पले ध्वस्त बनाएपछि नयाँ व्यवस्थापनका साथ होमस्टे चलाउन नम्कीबासीलाई दुई वर्ष लाग्यो।

नम्कीबासीले घर बनाउन सरकारी अनुदान पाएनन्। अर्को एक गैरसरकारी संस्थाले तीन लाखका दरले खर्च गरी ४२ वटा जस्ताकै छानो जस्ताकै गारो भएका भूकम्प प्रतिरोधी ट्रस जस्ता घरहरु बनाइदिएको छ। यही घरका एक–एक कोठामा दुई जना पाहुना राख्ने गरी होमस्टे संचालन गरिएको हो।

होमस्टे संचालक मीरा तामाङका अनुसार नम्कीमा २० जना पाहुना राख्न सकिन्छ । सुन्दर हिमश्रृंखला, ढुङ्गा खानी, लालीगुरास, स्थानीय स्तरमा उत्पादन हुने परिकार, नागेपोखरी र दूधपोखरी हेर्न नम्कीमा बसोबास गर्न आउँदा उपर्युक्त हुन्छ । यहाँका किसानहरु व्यवसायिक अलैंची खेती र भुइँस्याउ खेतीतर्फ आकर्षित भएका छन् जसबाट उनीहरुले मनग्य आम्दानी लिने गरेका छन्।

कच्ची सडक सुविधा पुगेको यस गाउँका घरघरमा मिटर प्रणालीअनुसार खानेपानी सुविधा व्यवस्थापन गरिएको छ। कुहिने फोहोरलाई मल बनाउने तथा नकुहिने फोहोरलाई गाउँलेले व्यवस्थापन गरेका छन्। भूकम्पपछि तहसनहस भएको होमस्टे पुनःसंचालनमा ल्याउन भने अक्सफाम नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा एकिकरण नेपालले सहयोग गरिरहेको छ।

होमस्टे अझै गुणस्तरीय बनाउन अक्सफाम र एकिकरणले नम्की–सिरानडाँडाका गरी ७ जना र ताक्लुङ, केरौंजा, उहियालगायत क्षेत्रका अरु १५ जनालाई होमस्टे तालीम दिइरहेको छ। नेशनल इष्टिच्युट अफ स्टडिज एण्ड अपरेशन काठमाण्डौंका डाइरेक्टर अजितकुमार आचार्य नेतृत्वको प्रशिक्षकहरुले गृहणीहरुलाई होमस्टे व्यवस्थापन र स्वादिलो परिकार तयार पार्ने तालीम दिइरहेका छन्।

होमस्टे संचालक चन्द्रमाया तामाङका अनुसार होमस्टे संचालनपछि गृहणीहरुलाई पैसाको हर्ज हुन छाडेको छ। घरव्यवहार चलाउन सजिलो भएको छ भने छोराछोरी पढाउन सहज भएको छ। नम्की र सिरानडाँडाको मध्य क्षेत्रमा एभरेष्ट लर्निङ एकेडेमी (इएलए) खुलेको छ। आमाबाबु गुमाएका अनाथ बालकहरुलाई यस भवनमा आवासीय सुविधा दिएर राख्नुका साथै उनीहरु सबैलाई पठनपाठनको व्यवस्थापन गरिएको छ।

इएलएमा बसेर अनाथ बालकहरुको सेवा गर्दै आएका कृष्णप्रसाद धिताल भन्छन्, ‘बिरौटाका १२ वर्षे प्रेम गुरुङ, सिरानडाँडाका १३ वर्षे सुनिल तामाङ, घ्याच्चोकका रोजन श्रेष्ठ, नेपाने गाउँका ८ वर्षे रोजेश श्रेष्ठलाई निःशुल्क आवास, पठनपाठनमा सहयोग गर्दै आइएको छ।’ इएलएले तनहुँ र चितवनमा पनि यस्तै सेवा दिइरहेको छ। अनाथ बालकहरुलाई खानपान र उनीहरुले पढेजति पढ्न सहयोग गर्ने संस्थाको लक्ष्य रहेको उनले बताए।

एकिकरण नेपालका कार्यक्रम संयोजक तुलसी धिताल भन्छन्, ‘नम्की–सिरानडाँडा पर्यटकीय क्षेत्रमा होमस्टे संचालनमा ल्याउन सजिलो थिएन। जनचेतना अभिबृद्धि गर्नुका साथै यहाँको संस्कार, संस्कृति ब्यबस्थापन गरी पाहुनालाई न्यानो स्वागत, सत्कार गर्न संस्थाले सहयोग गरेको हो। होमस्टे व्यवस्थापनका लागि आर्थिक सहयोग पनि भएको छ।’

प्रकाशित १ माघ २०७४, सोमबार | 2018-01-15 10:13:57
Max TV
Max TV
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।