स्वयम्भूमा आगलागी हुँदा ३० लाखको क्षति




काठमाडौँ महानगरपालिका– १५ स्वयम्भूमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

स्वयम्भूमा रहेको ज्ञानमाला भजन घरमा शनिवार राति भएको आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसारभक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको हो। महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्री लगायतका सरसमान जलेर नष्ट भएको बताए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो।

त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुगेका छन्।

प्रकाशित २९ पुस २०७४, शनिबार | 2018-01-13 10:16:59



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।