नाट्टाको अध्यक्षमा पाण्डे विजयी



नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन्।

शुक्रबार भएको नाट्टाको ५१ औँ साधारणसभामा भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी दीपेन्द्रकुमार शर्मालाई छ मतान्तरले पछि पादै पाण्डे विजयी भएका हुन्।

कूल चार सय २० मत खसेकामा पाण्डेले दुई सय १२ र शर्माले दुई सय छ ६ मत प्राप्त गरेका छन्। नाट्टाका चार सय ६७ मतदातामध्ये निर्वाचनमा चार सय २० जनाले मतदान गरेका थिए।

समितिको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन्।

यस्तै सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएका निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए।

पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टाको भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छ।

प्रकाशित २९ पुस २०७४, शनिबार | 2018-01-13 09:19:05


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।