चमेलियाको १५ मेगावाट विद्युत जोडियो राष्ट्रिय प्रसारणमा




चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ।

NIC ASIA

तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए।

'आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज गरेका छौँ' दाहालले भने। 

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ। आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ। रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ। 

आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी) ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन्। 

प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारण लाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वञ्चित भएका हुन्। दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भए पनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन।रासस

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 20:19:47
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...