प्रधानन्यायाधीशले भने: प्रमाणपत्र देखाउँदै सडकमा हिँड्नु?




गोपाल पराजुली
गोपाल पराजुली

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन्।

रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उहाँले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताएका हुन्।

आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ। 

'मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन' उनले भने। विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ।

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए।रासस 

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 19:35:59



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रहरी हेडक्वार्टर

    हेडक्वार्टरबाटै हरायो प्रहरीको एउटा महत्वपूर्ण विभाग

    संघीय प्रहरी ऐन निर्माणका बिषयमा सघन छलफल भइरहेका बेला प्राविधिक समूहलाई समन्वय र चेन अफ कमाण्डमा राख्न छुट्टै निकायको खाँचो देखिएपछि सो विभाग...

  • नेपाली क्रिकेटको विवाद अन्त्य, निलम्बन फुकुवाको बाटो खुल्यो

    अन्तर्राष्ट्रिय क्रिकेट संघ परिषद्(आइसीसी)ले गठन गरेको सल्लाहकार समितीले बनाएको विधान नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार राजधानीमा भएको विशेष...

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...