हिँड्दाहिँड्दै जहाँ अब भेटिनेछ ‘भर्जिन’ हिमताल



संसारकै होचो दावी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउँदै नयाँ पदयात्रा मार्ग संचालनको तयारी अगाडि बढाइएको छ।

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने यो ताललाई गाउँलेहरुले ‘भर्जिन आइसलेक’ समेत भन्ने गर्छन्। समुद्र सतहदेखि २ हजार ४ सय ४५ मिटर उचाईमा यो ताल कास्कीको प्रख्यात पर्यटकीय गाउँ सिक्लेसबाट करिब ३ घण्टामा पुग्न सकिन्छ। अन्नपूर्ण दोश्रो र लमजुङ हिमालबाट आउने हिमपहिरोबाट यो ताल बनेका हो।

कफुचे हिमताल

कफुचे हिमताल

पछिल्ला दुई वर्षयता चर्चामा आएको यो हिमताललाई प्रचार गर्न ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले नयाँ पदयात्रा मार्गको रेखा कोरेको हो। पदयात्रामार्गको सम्भावनाबारे टानले हालै खोज तथा अनुसन्धान समेत गरेको छ।

अनुसन्धानपछि सो पदयात्रा मार्ग रोमाञ्चक हुने टानले ठहर गरेको हो। टान पश्चिमाञ्चलका अध्यक्ष दीपकराज अधिकारीका अनुसार अब छिट्टै सो क्षेत्रमा व्यवसायिक पदयात्रा सुरु गरिनेछ। उनका अनुसार पोखरा लेखनाथ महानगरपालिकाको द्वीपबाट पदयात्रा सुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तिमा एक हप्ता लामो हुनेछ।

‘पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका श्रोत, भञ्ज्याङ लगायतलाई समेटेर नक्सा र ब्रोसर बनाई केही महिनाभित्र पदयात्रा संचालन हुन्छ’ उनले भने, ‘गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली श्रृंखलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो।’

टान रजत महोत्सव एक्सप्लोर कमिटीका संयोजक नारायण सापकोटाका अनुुसार पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्छ। टान वेष्टर्न रिजनल एशोसिएशन पोखराले यो वर्ष मनाई रहेको रजत महोत्सवका अवसरमा एक्याप र मादी गाउँपालिकाको सहयोग तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा पदमार्ग खोज कार्य सम्पन्न भएको कार्यक्रम संयोजक विश्वराज अधिकारीले बताए।

क्याम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी कास्कीको मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामुन पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको व्यवसायीले बताएका छन्।

कफुचे हिमतालमा पछिल्ला वर्षहरुमा नेपाली तथा विदेशी पर्यटकहरु समेत पुग्ने गरेको कास्कीको सिक्लेस स्थित नमस्ते गेष्ट हाउसका संचालक धन गुरुङ (माइला) ले जानकारी दिए । थाकबाट तारा हिल खण्ड र सिक्लेसबाट कफुचे ताल खण्डको बाटो मर्मत संभारको जरुरी भएको सुझाव उनको छ ।

गुरुङ लवजमा क्हफुचे समेत भनिने यो तालको नामाकरणमा क्ह भनेको हिउँ, फू भनेको झर्नु र चे भनेको समतल मिलेर बसेको भन्ने अर्थ लाग्ने पदयात्रा व्यवसायी थाक गाउँका विकास गुरुङले बताए ।

यो ताल मादी नदीको प्रमुख जलाधार समेत हो ।चालू पदयात्रा मार्गहरु सडक मार्गको चपेटामा पर्दै जान थालेपछि बैकल्पिक मार्गको रुपमा यो मार्ग संचालनको तयारी थालिएको टान वेष्टर्न रिजनल एशोसिएशन पोखराका कार्यकारी सदस्य रामचन्द्र अधिकारीले बताए ।

प्रकाशित २७ पुस २०७४, बिहिबार | 2018-01-11 08:43:26


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।