गोरखा दरबार पुनर्निर्माणअघि कामदारलाई दिइयो १५ दिने तालिम




तालिमका सहभागीहरु पुरातात्विक संरचनाको नमूना तयार गर्दै
तालिमका सहभागीहरु पुरातात्विक संरचनाको नमूना तयार गर्दै

नेपाल एकीकरणको नेतृत्व लिएका गोरखाका राजा पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) जन्मेको ऐतिहासिक गोरखा दरबार मौलिक प्रकृतिमा पुनर्निर्माण गर्न स्थानीयस्तरमै कामदार (कालीगढ) लाई तालिम दिइएको छ।

पुरातात्विक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको सो दरबार पुननिर्माणका लागि गोरखाका एघार स्थानीय तहमध्ये नौ वटा तहबाट छनौट भइआएका ४५ जना कामदारहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरुलाई तालिम दिइएको हो।

पुरातात्विक तवरले दरबार पुनर्निर्माण गर्ने सौद्धान्तिक र प्रयोगात्मक तरिकाबारे १५ दिने तालिम दिइएको दरबार हेरचाह अड्डा प्रमुख मञ्जुसिं भण्डारीले बताइन्। 

०७२ वैशाख १२ मा बारपाक केन्द्र बनाइ गएको भूकम्पले सो दरबारमा पनि क्षति पुगेको थियो। अहिले दरबार भत्काउने कार्य भइरहेको छ। भत्काएपछि तत्कालै यो दरबार पुनर्निर्माण सुरु गरिनेछ। तालिमप्राप्त कालीगढहरुले दरबार पुनर्निर्माणको कार्य अघि बढाउनेछन्।



प्रकाशित २२ पुस २०७४, शनिबार | 2018-01-06 12:04:41


author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।