साढे १३ हजारले मतदान गर्ने एउटै थलो


Infocus



वुटवल उपमहानगरपालकिाको एउटै स्थलबाट साढे १३ हजार भन्दा बढी मतदाताले मतदान गर्दैछन्। बुटवल उपमहानगरपालिका, वडा नम्बर ११ को देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा १३ हजार ६ सय ८७ मतदाताले मतदान गर्दै छन्।

NIC ASIA

 यो संभवतः नेपालकै सबैभन्दा बढी मतदाताले मतदान गर्ने स्थल हो।

मतदान स्थलमा १३ वटा केन्द्र तोकेर त्यसकै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको छ। ११ पछि बुटवलको बढी मतदाता भएको वडा नम्बर ७ हो। जहाँ ११ को आधाभन्दा कम ५ हजार ८ सय ९ जना रहेका छन्। 

भिन्दाभिन्दै केन्द्र भए पनि एउटै क्याम्पसमा १३ वटा केन्द्र भएको हुँदा मतदान स्थलमा खटिएका कर्मचारीहरु मतदान केन्द्रको व्यवस्थापनमा तीव्र गतिम लागिरहेका छन्। क्याम्पसको कम्पाउन्डबाहेक गेट बाहिर पनि खुल्ला ठाउँ छ। ‘बाहिरको चौरमा १३ वटा बुथको लागि महिला र पुरुष गरेर २६ वटा लाइन हुन्छन्, बृद्धबृद्धा, अपांग, असक्त, क्रियापुत्रीले सहज ढंगले मतदान गर्न सक्नेछन्’, मतदान केन्द्र ‘घ’ का मतदान अधिकृत शंकर पहारीले भने, ‘त्यही अनुसार डेक्स बेन्च राखेर मिलाउँदै छौ। भिडभाड त हुन्छ तर ठाउँको पर्याप्तताले सहज होला।’

वडाको भूगोल पनि ठूलो भएकाले टाढा टाढाबाट मतदाता आउनुपर्ने हुन्छ। योगिकुटीदेखि, शिवालयहुँदै लुम्बिनी वाणिज्य क्याम्पसभन्दा माथिसम्म, प्रगतिनगर हुँदै तिनाउ पारीको बुद्धनगर, नहरपुर, टपमजुवा, मैनाबगरसम्मको भूभाग अहिले बुटवल वडा नम्बर ११ अन्तर्गत पर्दछ। मतदाता परिचय पत्र लिन आएका मैना बगरका ७० वर्षीय खड्कबहादुर थापा ले भने, ‘तिनाउ पारीबाट आउनुपर्छ, असाध्यै टाढा भएको छ।’ आफूले भोट हाले वपनि जितरे जाने नेताले केही नगरेको भन्दै उनले भने, ‘जितेर जानेले केही गर्ने होइनन्, तर पनि भोट त हाल्नै पर्यो।’

२०५४ सालमा स्थानीय चुनाव हुँदा बुटवलको तत्कालीन १३ अर्थात् अहिलेको ११ नम्बर वडामा करिब २ हजार मतदाता थिए। राजमार्ग चौराहबाट दक्षिणतर्फ झर्दैगर्दा त्यतिबेला फाट्टफुट्ट मात्र बस्ती थियो। वडाको धेरैजसो स्थानमा खेतैखेत र सार्वजनिक जग्गा थियो। अहिले यो स्थान बस्तीले भरिन लागेको छ।

विगतमा थोरै जनसंख्यालाई आधार मानेर वडा तोकिएको थियो। बुटवलको बजार उत्तरतर्फ भरिएर दक्षिणतर्फ झर्ने क्रम सुरु भयो। जसका कारण खाली जग्गा रहेको अहिलेको बुटवल ११ मा बस्ती विस्तार हुँदै गयो। बस्तीमध्ये झण्डै आधाजसो सुकुम्बासी बस्ती छ। त्यसैले चुनाबका बेला उम्मेदवारहरुले सुकुम्बासी समाधानको मुद्दा अघि सारेर यो वडामा मत मागिरहेका छन्। सुकुम्बासी बस्तीलाई आफ्नो पक्षमा पार्न हरतरहले लागेका छन्।

प्रकाशित २० मंसिर २०७४, बुधबार | 2017-12-06 13:34:13
Max TV
Max TV
Zen Travels

author photo

सुदिप भण्डारी बुटवल प्रतिनिधी हुन्

@sudipbhandari2

सुदिप भण्डारीबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्