यसरी गरिँदैछ गोरखामा मतगणना

दलका ‘नेता कर्मचारी’ लाई गणनामा सहभागी नगराइने




गोरखामा मतपेटिका राखिएको भवनको सुरक्षा गर्दै प्रहरी
गोरखामा मतपेटिका राखिएको भवनको सुरक्षा गर्दै प्रहरी

राजनीतिक दलको भातृ संगठनको नेतृत्व गरेका कर्मचारीहरुलाई जिल्ला निर्वाचन कार्यालय गोरखाले मतगणनामा सहभागी नगराउने भएको छ। दलको भातृसंगठनको रुपमा रहेको कर्मचारी संगठनको नेतृत्वमा रहेकालाई मतगणनामा सहभागी गराउँदा अनियमितता हुनसक्ने विश्लेषणका साथ संगठनको नेतृत्वमा रहेका कर्मचारीहरुलाई मतगणनाबाट अलग राख्न खोजिएको हो।

NIC ASIA

मतगणनाका लागि जिल्ला निर्वाचन कार्यालय ६० जना कर्मचारी छनौट गरिसकेको छ। निजामति सेवा तर्फका कर्मचारीलाई मत गणना गर्न छनौट गरिएको हो। जिल्ला निर्वाचन अधिकारी नारायण प्रसाद सापकोटाले नेपालखबरसँग भने, ‘तर राजनीतिक दलका भातृ संगठनको नेतृत्व गरेका कर्मचारीलाई मत गणनामा प्रवेश पाउने छैनन्।’

सापकोटाका अनुसार पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना गरिनेछ भने त्यसपछि क्रमशः प्रदेशसभाको प्रत्यक्षतर्फ र समानुपातिक मत गणना गरिनेछ। मत भण्डारण गरिएकै भवन क्षेत्र नं. १ को महिला तथा बालबालिका कार्यालय र क्षेत्र नं. २ को मत जिल्ला समन्वय समितिमा गणना गर्नेगरी ब्यबस्थापन गरिएको छ।

मंसीर २१ गते अन्य जिल्लामा निर्वाचन भइरहेका बेला दिउँसोपख सर्वपक्षीय बैठक बस्ने र अपरान्हपछि मत गणना सुरु गर्ने बताइएको छ। मतगणनाका लागि ६० जना कर्मचारीलाई एक दिने तालिम समेत दिइसकिएको छ। एउटा समूहमा आठ देखि दश जना रहनेछन्। दुई वटा समूह बनाएर मतगणना गरिन्छ।

‘कति दिनमा मत गणना सकिएला त?’ नेपालखबरको यो प्रश्नमा निर्वाचन अधिकारी सापकोटाले भने, ‘दश दिनमा सबै मत गनिसक्छौं।’ बैशाखमा सकिएको स्थानीय तह निर्वाचनमा सात ठाउँमा मत संकेत भएकाले गणना गर्न ढिलाइ भएको थियो। मिनेटमा करिब दश वटा मत गणना गर्न सकिने अनुमान जिल्ला निर्वाचन कार्यालयले गरेको छ।

गोरखामा पहिलो चरण अन्तर्गत मंसीर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको मतदान भएको थियो, जसमा ६२ प्रतिशत मतदान भएको थियो। कूल लाख ८९ हजार ४ सय ४८ मतदाता रहेपनि दुवै निर्वाचन क्षेत्रमा गरी १ लाख २३ हजार ७८१ मत खसेको छ।

त्यसमध्ये गोरखा–१ मा ६३ हजार ६ सय ७२ मत खसेको थियो। यो क्षेत्रमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ लोकतान्त्रिक गठबन्धनको उम्मेदवार छन् भने नेकपा (माओबादी केन्द्र) का नेता हरिराज अधिकारी वामगठबन्धनको तर्फबाट उम्मेदवार छन्।

गोरखा–१ (क) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका धिरनबहादुर थापा र वाम गठबन्धनबाट माओबादी केन्द्रका लेखबहादुर थापाबीच प्रतिस्पर्धा छ। प्रदेश (ख) मा कांग्रेस युवा नेता राजेन्द्र बजगाइँ र एमाले केन्द्रीय सदस्य रामशरण बस्नेत प्रतिस्पर्धामा छन् ।

नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार रहेको गोरखा–२ मा ६० हजार १ सय ९ मत खसेको छ। गोरखा–२ (क) मा नयाँ शक्तिका हरिशरण आचार्य र माओबादी केन्द्रकी नेतृ कमला नहर्कीबीच प्रतिस्पर्धा छ। गोरखा–२ (ख) मा कांग्रेसका प्रकाशचन्द्र दवाडी र माओवादी केन्द्रका अमर तमुबीच प्रतिस्पर्धा छ ।

२ सय ८२ वटा मतदान केन्द्रबाट ल्याएका ८ सय ४६ वटा मतपेटिका सदरमुकामस्थित महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिको कोठामा राखिएका छन्। मतको बाकस राखिएको कोठामा तीन वटा ताला, लाहाछाप लगाइएको छ। बाहिर नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरिएका छन् भने मतपेटिका कुर्न गठबन्धनका प्रतिनिधिपनि बसेका छन्।

प्रकाशित १९ मंसिर २०७४, मंगलबार | 2017-12-05 12:52:44
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...