केयुले गर्‍यो चिकित्सा विज्ञानका १ हजार १९१ विद्यार्थी दीक्षित



काठमाडौँ विश्व विद्यालयको आफ्नो २३ आैं दीक्षान्त समारोहका अवसरमा आज चिकित्सा विज्ञान अन्तर्गत विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका १ हजार १९१ विद्यार्थीलार्इ आज दीक्षित गरेको छ।

सो अवसरमा प्रमुख अतिथि डा मोहनमान सैंजुले निजी क्षेत्रको पहलमा छुट्टै ऐनद्वारा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको उदाहरणीय विश्वविद्यालय रहिआएको बताए। 

'सरकारी लगानी पर्याप्त मात्रामा प्राप्त गर्न नसके पनि स्थापनाको अढाई दशकभित्र यस विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक जनशक्तिको निर्माण गर्न सकेको छ' डा सैंजुले भने। 

अहिले विज्ञान प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तनले गर्दा मानिस सोच, विचार र कार्यशैलीमा फेरिन थालेको उनले बताए। कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं काठमाडौं विश्व विद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई अविचलित भई गाउँगाउँमा सेवा गर्न जान आग्रह गरे। 

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 20:30:50

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...