गैह्रसरकारी संस्थाको कार्यक्रम सञ्चालनमा रोक


Infocus



आसन्न मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पर्नसक्ने भन्दै नुवाकोटमा रहेका गैह्रसरकारी संस्थाको कार्यक्रममा आजदेखि रोक लगाइएको छ।

NIC ASIA

प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालको अध्यक्षतामा सोमबार बसेको निर्वाचनसम्बन्धी जिल्लाको सर्वपक्षीय एवं सर्वदलीय बैठकमार्फत निर्वाचन अवधिभर गैह्रसरकारी संस्थाले गरेका कार्यक्रमबाट स्वच्छ र निष्पक्ष निर्वाचन प्रभावित हुने भन्दै आजदेखि लागूहुने गरी मंसिर १० गतेसम्म कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। 

भूकम्पपछि राहत सहयोगमा कार्यरत रहेका नुवाकोटका दुई दर्जनभन्दा बढी स्वदेशी एवं विदेशी संस्थाले यसअघि नै घोषणा गरेका कार्यक्रमसमेत निर्वाचन सम्पन्न नभएसम्म बन्द गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए। 

स्वदेशी तथा विदेशी गैह्रसरकारी संस्थाले आफ्नो नीति र पूर्वघोषित कार्यक्रम अनुसार काम गरे पनि कुनै राजनीतिक दलले ती संस्थालाई आफूले पठाएको भन्दै मतदातासामु आश्वासन बाड्न सक्ने र सस्तो लोकप्रियता चाहने गतिविधि सञ्चालन हुनसक्ने भन्दै सञ्चालित सबै प्रकारका कार्यक्रममा रोक लगाएको हो। 

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 20:52:04
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...