माथिल्लो कर्णाली सम्झौता खारेज गर्न माग



फाइल फोटो
फाइल फोटो

माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रिय समितिले सरकारले जिएमआरसँगको सम्झौताको म्याद बढाएकोमा कडा विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेको छ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा समितिले रु ७० अर्वमा निर्माण परियोजना सम्पन्न हुने उक्त परियोजनालाई बढाएर रु १६५ अर्व पु–याएर रु ८५ अर्व संस्थागत भ्रष्टाचार भएको आरोप लगाएको हो।

प्रा.डा. सुरेन्द्र केसीले नेपालको विकासको आधार जलश्रोत भए पनि विसं २००७ सालदेखि नै कोशी, गण्डकी, टनकपुरजस्ता ठुलठुला नदी भारतलाई सुम्पिएर नेपालको आर्थिक विकासको ढोका बन्द गरिएको विचार व्यक्त गरे।

माथिल्लो कर्णाली बचाउ अभियानका अभियन्ता रतन भण्डारी, अधिवक्ता पदम रोका, बरिष्ठ पत्रकार गोविन्द सिंह थापाले नेपालको संविधानको धारा ५१ मा प्राकृतिक स्रोत र साधनलाई न्यायोचित वितरण गर्ने तथा देशको हित अनुकुल संरक्षण गर्ने तथा जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट उल्लेख भए पनि सरकारले माथिल्लो कर्णालीलाई जालसाजीको आधारमा सम्झौता गरेर निर्णय गरेको बताए।

 नेकपा माओवादी क्रान्तिकारीका नेता सिताराम तामाङले सरकारले हिजो सम्झौताको म्याद एक वर्ष थप गर्ने गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिए।रासस

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 20:10:59

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...