अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माझी औँला देखाएवापत् जागिर गुमाएकी एक अमेरिकी महिलाका लागि ७० हजार डलरभन्दा बढीको सहयोग राशी जम्मा भएको छ।
साइकलमा सवार जुली ब्रिस्कम्यानले अक्टोबर २८ का दिन भर्जिनियामा गल्फ खेलेर ह्वाइट हाउस फर्किँदै गरेका ट्रम्पको मोटरकेडलाई माझी औँला देखाएकी थिइन्।
त्यसको तीन दिनपछि ५० वर्षीया ब्रिस्कलाई कम्पनीले बर्खास्त गरेको थियो।
नोभेम्बर ६ मा उनका लागि गोफन्डमी अभियान सुरु गरिएको थियो। त्यसयता ३ हजारभन्दा बढी व्यक्तिले ब्रिस्कम्यानको नाममा ५ डलरदेखि लिएर २५० डलरसम्मको रकम जम्मा गरिसकेका छन्। गोफन्डमी अकाउन्ट खोलेका रोब मेलोले ब्रिस्क ‘सबैका लागि प्रेरणा’ भएको भन्दै उनलाई धन्यवाद दिएका छन्।
उनले जम्मा भएको सम्पूर्ण रकम ब्रिस्कम्यानलाई प्रदान गरिने बताएका छन्। एजेन्सी
प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 17:49:55