भारतका वातावरणमन्त्रीले भनेः अहिलेको प्रदुषण भोपाल काण्डजस्तो होइन, चिन्ता नलिनुस्


Infocus



प्रदुषित हावाका कारण कपडाले छोपिएर स्कुल जाँदै बालबालिका
प्रदुषित हावाका कारण कपडाले छोपिएर स्कुल जाँदै बालबालिका
एएफपी

राजधानी दिल्लीसहित भारतका कैयौँ सहर प्रदुषणको चपेटामा परिरहेका बेला वातावरणमन्त्री हर्ष वर्धनले चिन्तित नहुन नागरिकलाई आग्रह गरेका छन्।

NIC ASIA

उनले वर्तमान प्रदुषणलाई २५ हजार जनाको ज्यान गएको १९८४ को ग्यास काण्डसँग दाँज्दै यो त्यस्तो संकटकालीन अवस्था नभएको बताए।

‘यसबारेमा केही गर्नुपर्दैन म भन्दिनँ,’ मन्त्री हर्ष वर्धनले एक अन्तर्वार्तामा भनेका छन्, ‘जे गर्न आवश्यक छ, त्यो सबैले गर्नुपर्छ। तर आतंकित हुने र आतंक फैल्याउन आवश्यक छैन।’

विश्व स्वास्थ्य संगठनका अनुसार दिल्ली विश्वकै सबैभन्दा प्रदुषित राजधानी सहर हो। ल्यान्सेट मेडिकल जर्नलका अनुसार सन् २००५ मा भारतमा मात्रै प्रदुषणका कारण २५ लाख मानिसको मृत्यु भएको थियो।

तर मन्त्री हर्ष वर्धनले कसैको पनि मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्रदुषण उल्लेख नभएको दाबी गरे।

गत साता दिल्लीको वायु अत्यन्तै प्रदुषित भएपछि त्यहाँका स्कुल, कलेज बन्द गरिएको थियो। एजेन्सी

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 16:39:14
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्