एयरबस ३३०: विमानस्थलमा टुक्र्याइयो, सिनामंगलमा जोडियो




NIC ASIA

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा एभिएसन म्युजियम सञ्चालनमा आएको एक साता भएको छ।

काठमाडौंमा एउटा नयाँ आकर्षण बनेको म्युजिमयले एभिएसनसम्बन्धी ज्ञान पनि दिने भएकाले यहाँ मानिसहरूको अहिले भीड लागेको छ। सञ्चालनमा आएको साता दिनमै करिब दुई हजार जनाले अवलोकन गरेको र तीमध्ये अधिकांश विद्यार्थी रहेको म्युजियमका म्यानेजर राजु महतले बताए।

अहिले म्युजियम अवलोकन गर्न आउने धेरैको जिज्ञासा एयरबसको यति ठूलो जहाज विमानस्थलबाट कसरी सकुशल सिनामंगल ल्याइयो भन्ने पनि रहेको छ। म्युजियम निर्माणकर्ता क्याप्टेन बेद उप्रेतीसँग जहाज सार्दाको बेग्लै तर कठिन अनुभव छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको एयरबस ३३० दुर्घटनामा पर्यो। २०७१ फागुन २९ गते दुर्घटनामा परेको एयरबस मर्मत गरी वर्ष दिनभित्र फर्काएर लैजाने टर्किस एयरलाइन्सको योजना थियो। तर २५ अर्बको यो जहाज डेढ वर्षसम्म विमानस्थलमै थन्किएर बस्यो।

अन्ततः टर्किस एयरलाइन्सले फिर्ता नलैजाने सुनेपछि क्याप्टेन बेद उप्रेतीले यो एयरबस किन्ने निधो गरे। तीन वर्षअघि धनगढीमा कस्मिक एयर फोकर १०० मा एयरक्राफ्ट म्युजियम बनाइसकेका उप्रेतीले टर्किस एयरलाइन्सको जहाज किनेर काठमाडौंमै म्युजियम खडा गर्ने मनमनै योजना बुनिसकेका थिए।

क्याप्टेन उप्रेतीको योजनालाई साथ दिँदै नागरिक उड्डयन प्राधिकरणले सिनामंगलको जग्गा प्रयोग गर्न दिनेभयो। जब उप्रेतीले जग्गाको प्रबन्ध गरे तब चुनौती सुरु भयो। पहिलो चुनौती थियो–२०८ फिट लामो, १९७ फिट चौडा र ५६ फिट उचाई रहेको भीमकाय एयरबस विमानस्थलबाट कसरी सिनामंगल ल्याउने?

‘एयरबस किन्ने बेलामा नै धेरैले मलाई यति ठूलो एयरबस कसरी लैजान सकिन्छ भनेर सोधेका थिए’, उप्रेतीले एयरबस सार्दाको अनुभव नेपालखबरसँग बाँडे, ‘मलाई पनि कता कता डर लागेको थियो तर टर्किस एयरलाइन्सका डाइरेक्टरले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि चाहिँ अलि ढुक्क थिएँ।’

तर पनि एयरबस सिनामंगल सार्ने काम क्याप्टेन उप्रेतीलाई जति सहज लागेको थियो, सोचेभन्दा त्यो धेरै गुणा कठिन सावित भयो।

टर्किस एयरलाइन्सले केही प्राविधिक र इन्जिनियरहरुको टिम नेपाल पठायो, जहाज सार्न र म्युजियम निर्माणमा सहयोग गर्ने सम्झौताअनुसार। ‘नेपालमा पर्याप्त प्रविधि र जनशक्ति नभएकाले एयरबस ३३० सिनामंगल ल्याउन सहज थिएन, त्यसैले टर्कीबाट प्राविधिकहरु ल्याउन हामी बाध्य भयौं’, क्याप्टेन उप्रेतीले भने।

‘एयरबसको आकार ठूलो भएकाले सिङ्गै ल्याउन सम्भव भएन’, उप्रेतीले थपे, ‘त्यसैले टर्कीबाट आएका प्राविधिक र इन्जिनियरहरूको सहयोगमा जहाजलाई विमानस्थलमै टुक्रा टुक्रा बनायौं र लोरीमा राखेर दुई किलोमिटर टाढा सिनामंगल ल्यायौं।’

दिउँसो विमानस्थल बढी व्यस्त रहने भएकाले राती राती धेरै काम भयो।

‘जाडोको समय थियो, चिसो सिरेटोलाई छल्दै बिहान १ बजेदेखि ३ बजेसम्म प्राविधिक र इन्जिनियरहरुले ४ रातसम्म काम गरे’, त्यो समय विमानस्थल नै बन्द गर्नुपरेको सुनाउँदै  क्याप्टेन उप्रेती भन्छन्, ‘टुक्रा पारिएको जहाज ५–६ वटा लोरीमा राखेर ४ रातसम्म सिनामंगल ओसार्यौं।’

विमानस्थल र सिनामंगलबीचको दूरी धेरै लामो नभए पनि यो एयरबस ल्याउन दक्ष प्राविधिकहरुलाई समेत सजिलो भएन।

सानो घुमाउरो बाटोमा ठूलठूला टुक्रा राखेका लरी चलाउनै कठिन भएपछि क्रेनको सहायता लिइयो। ‘एक दुई टुक्रा खस्यो भने बिग्रन सक्ने र फेरि एयरबसलाई पहिलेकै अवस्थामा जोडेर म्युजियम बनाउनै कठिन हुन सक्थ्यो’, उप्रेतीले भने, ‘त्यसैले हामीले असाध्यै सावधानी अपनायौं।’

टुक्रा टुक्रा बनाएर सिनामंगल सारिएको जहाजलाई टर्कीबाट आएका तिनै प्राविधिक र इन्जिनियरले फेरि दुरुस्तै जोड्ने काम गरे। उप्रेतीका अनुसार विमानस्थलमा एयरबस भत्काउन र सिनामंगलमा जोड्न मात्रै करिब एक लाख अमेरिकी डलर (करिब एक करोड रुपैयाँ) खर्च भयो।

क्याप्टेन उप्रेतीका अनुसार वर्षदिनको मेहनत र ७ अर्ब रुपैयाँ लगानीमा म्युजियम तयार भएको हो।

म्युजियममा अहिले १८ जना एयर होस्टेससहित २५ जना कर्मचारी कार्यरत छन्। दिनमा ५० हजार रुपैयाँ खर्च हुने म्युजियम विद्यार्थीहरुका लागि निःशुल्क गरिएको छ।

२५ अर्बको एयरबसमा बन्यो एभिएसन म्युजियम

 

प्रकाशित २७ कार्तिक २०७४, सोमबार | 2017-11-13 14:21:07
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।