भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु




यातायात व्यवस्था कार्यालय भक्तपुरले बुधवारदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ।

NIC ASIA

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको बुधवारबाट शुरु भएको हो।

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रा।लि।सँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन्।

कार्यालय प्रमुख अनोज घिमिरेले भक्तपुरबाटै दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडौं जानु नपर्ने बताए । ‘गत शनिवारबाट भक्तपुरबाटै दुईपाङ्ग्रे र आजबाट चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा लिन शुरु गरेका छौँ, अब ट्रायल परीक्षा दिन काठमाडौं जानु पर्दैन।’

बुधवार पहिलो दिन २५२ जनाले चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिएको उनले बताए।

भक्तपुरको थिमिस्थित राधे राधेमा रहेको इजी वे ट्रायल सेन्टर प्रा।लि।ले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको बताउँदै प्रालिका प्रमुख निर्भयबाबु प्रसाईंले साधन प्रयोग गर्न दिए बापतको रकमसमेत नलिई निःशुल्क दिएको बताए। प्रसाईंले भने,‘सम्झौताअनुसार यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षा सञ्चालन गर्न निःशुल्क ठाउँ उपलब्ध गरायौँ, आवश्यक पर्ने सम्पूर्ण व्यवस्थासमेत गरिदियौँ, ट्रायल परीक्षा दिन आउनेलाई सवारीसाधन उपलब्ध गराएबापत समेत कुनै शुल्क लिएनौँ, निःशुल्क नै ग¥यौं।’

यातायात व्यवस्था कार्यालयले काठमाडाँै र ललितपुरमा सञ्चालित ट्रायल सेन्टरमा भने भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले सवारीसाधन उपलब्ध गराएबापत सर्वसाधारणसँग शुल्क उठाउने गरिए पनि यहाँ भने निःशुल्क व्यवस्था गरिएको छ। भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेको बताउँदै कार्यालय प्रमुख घिमिरेले पनि ट्रायल दिने स्थानको अभावले एक सातामा दुई पाङ्ग्रेको ८५० र चारपाङ्ग्रेको २५० जनाभन्दा बढीलाई ट्रायल परीक्षामा सहभागी गराउन नसकिए पनि अब आए जति सबैलाई परीक्षामा सहभागी गराउने सक्ने जानकारी दिए। रासस

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 16:38:02
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...