कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन आयोगद्वारा सहमति प्रदान



निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ।

आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग सहमति माग गरेको थियो।

सरकारले कार्यकारी पदमुक्त गरेकोमा सर्वोच्च अदालतले निर्देशक खड्कालाई पुनर्बहाली गर्ने आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि काममा फर्किएका खड्कालाई मन्त्रालयमा काममा लगाउन आपूर्ति मन्त्रालयले आयोगको सहमति माग गरेको हो।

मन्त्रालयको मागअनुसार आयोगको आचारसंहितासँग सम्बन्धित आजको बैठकले मन्त्रालयलाई उक्त कार्यकालागि सहमति प्रदान गर्ने निर्णय गरेको हो।

मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई तोकिएको कार्य शर्तअनुसार कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्ने कार्यका लागि मन्त्रालयमा झिकाउन लागेको आयोगलाई जानकारी गराएको छ। रासस

प्रकाशित ३१ असोज २०७४, मंगलबार | 2017-10-17 18:52:35

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...