नर्सिङ छात्रवृत्तिमा ३२ जना नेपाली विद्यार्थी चीनको हुनानमा




सएसयू हुनानमा नेपाली विद्यार्थी
सएसयू हुनानमा नेपाली विद्यार्थी

चीनको सेन्ट्रल साउथ युनिभर्सिटी (सएसयू) हुनानले एड्भान्स नर्सिङ प्राक्टिस् एण्ड मेडिकल टेक्नोलोजी विषयमा ठूलो परिमाणमा नेपाली नर्सिङका लागि प्रदान गरेको छात्रवृत्ति कार्यक्रम शुक्रबार हुनानमा शुभारम्भ गरिएको छ।

पूर्ण छात्रवृत्ति पाएर अध्ययनका लागि नेपालबाट बिहीबार ३२ जना विद्यार्थी चीनको हुनान पुगेका छन् भने अन्य देशका १६ जना विद्यार्थीहरू सहभागी छन्।

कार्यक्रममा नेपाली दूतावासका मिनिस्टर सुशील लम्साल, थर्ड सेक्रेटरी उत्तम घिमिरे, बेइजिङस्थित चिनियाँ वाणिज्य मन्त्रालयका निर्देशक, प्रान्तीय सरकारका प्रतिनिधिहरू, नर्सिङ तथा ट्रान्सपोर्टेसन कलेजका डिनहरू लगायतको सहभागिता थियो।

गत मार्चको अन्त्यतिर विश्वविद्यालय र नेपाली राजदूतावासबीच २५ जना नेपालीलाई ५ वर्ष छात्रवृत्ति दिलाउने सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्झौतामा २५ वटा छात्रवृत्ति भनिएपनि नेपालको स्वास्थ्यमन्त्रालयमा परेको आवेदन बमोजिम समझदारीमा ३२ जनालाई छात्रवृत्ति दिन विश्वविद्यालय राजी भएको हो, यस परियोजनाका लागि मध्यस्थता गरिरहेका डा. विश्वास श्रेष्ठले भने। उनका अनुसार नेपालको रेलवे विभागबाट एकजनाले रेलवे इन्जिनियरिङको छात्रवृत्ति पाएर अध्ययन गर्न आएका छन्।

नेपाल सरकारसँगको शैक्षिक सहकार्य तथा अदानप्रदानलाइ बलियो बनाउनका लागि सेन्ट्रल साउथ युनिभर्सिटी सीएसयूले पूर्ण छात्रवृत्तिको कोटा उपलब्ध गराएको हो। योग्य उम्मेदवार तथा अस्पतालका कर्मचारी जो नर्सिङ, पब्लिक हेल्थ वा हेल्थ म्यानेजमेन्टमा ब्याचलर्स डिग्री प्राप्त छ र जसको शैक्षिक तथा व्यवसायिक पृष्ठभूमि उत्कृष्ट छ, उसले यस्तो छात्रवृत्ति पाउनेछ।

सीएसयू हुनान प्रान्तको राजधानी छाङ्शामा रहेको छ, जुन ११ क्षेत्र, इन्जिनियरिङ, विज्ञान, मेडिसिन, साहित्य, कानुन, अर्थशास्त्र, व्यवस्थापन, दर्शनशास्त्र, इतिहास र कला शिक्षाको लागि प्रख्यात छ।

५३ हजार विद्यार्थी रहेको सीएसयूमा ३३ हजार अण्डर ग्राजुएट, १९ हजार पोस्ट ग्राजुएट छन्। नेपालबाट १३ विद्यार्थी सहित १०० देशबाट एक हजार विद्यार्थीहरू रहेको सो विश्वविद्यालयले जानकारी दिएको छ।

प्रकाशित २८ असोज २०७४, शनिबार | 2017-10-14 13:23:37



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।