प्रहरी निष्कर्षः गाैचनको हत्यारा मनोज समूह


Infocus


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई राजधानीको मुटु बानेश्वरमा गोली हानेर हत्या आपराधिक समूह मूलतः मनोज पुनको रहेको ठम्याइ प्रहरीको छ। प्रहरीले घटनामा लोप्साङ लामा तथा समिरमान बस्नेत समूहले पुनको समूहलाई सहयोग गरेको पनि बताएको छ।

NIC ASIA

गौचनलाई मात्र होइन पुनको आपराधिक समूहले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, काभ्रेका दावा लामालाई पनि हत्या गरेको दाबी गरेको छ। यद्यपी, यसबारे अझै अनुसन्धान भने जारी छ।

हत्याकाण्ड अनुसन्धान गरिरहेका एक प्रहरीका अनुसार यी तीनवटै हत्याका चरित्र, आयाम र घटनामा प्रयोग भएका ‘सुटर’हरुको प्रकृति उस्तै उस्तै देखिएको छ। घटनापछि हत्या स्विकार्ने ट्रेन्ड, अभियुक्तहरु पृष्ठभूमी र ‘कनेक्सन’का आधारमा पनि प्रहरी यी तीन वटै घटनामा पुन समूह सक्रिय रहेको निश्कर्षमा पुगेको हो।

गौचन हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले विषेश ब्युरोमा कार्यरत एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको छ। ‘अनुसन्धान अझै अगाडि बढ्ने छ’ एक प्रहरी अधिकृतले भने, ‘यसबारे निकट भविष्यमै प्रहरीले थप तथ्य बाहिर ल्याउने छ।’

को हुन मनोज? 

व्यवसायी तथा एमालेको भातृसंगठन युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या गरेर चर्चामा आएका मनोज पुन विगतमा सोही संगठनमै आबद्ध थिए। रुपन्देहीको देबदह निवासी पुन केही समय युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष थिए। ठेक्का पट्टाको काम गर्दथे। संगठनमा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने काम जारी नै राखेका थिए। युथ फोर्सको आडमा गुण्डागर्दीको काम गरेको अरोपमा पुन कारबाहीमा परे।

दुर्गा तिवारीसँग लेनदेनमा कुरा नमिलेको र त्यसबाट उनीहरुको दूरी बढेको पनि चर्चा हुने गरेको थियो। संगठनबाट बाहिरीएपछि उनले तिवारीलाई नै पहिलो निशाना बनाए। हत्या हुनु केही महिना अघि २०७२ फागुनमा पनि दुर्गामाथि गोली प्रहार भएको थियो। त्यसबेला उनी बच्न सफल भए। २०७३ पुसमा भएको गोलीप्रहारबाट तिवारीको मृत्यू भएको थियो।

पुनले परिचालन गरेका भनिएका १८ जना पक्राउ तर रोकिएन अपराध 
पछिल्लो पटक पक्राउ परेका शुसान्त लाकौल सहित मनोज पुनबाट परिचालित भएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरिसकेको छ।

दुर्गा तिवारीको हत्यापछि ६ जना र त्यस अघि फागुनमा तिवारीलाई गोली प्रहार हुँदा ८ जना पक्राउ परेका थिए। बाँकी अरु घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका हुन्। पक्राउ परेका सबै थुनामा छन्।

पुनका अरु पनि सहयोगीहरु अहिले अपराध कर्ममा क्रियाशिल भएकाले प्रहरीले उनीहरुलाई ‘लेन्स’भित्र राखको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मुकुन्द मरासिनीले डेढ महिना अघि मात्र नेपालखबरसँग भनेका थिए ‘पुनले परिचालन गरेकाहरुमध्ये धेरैलाई हामीले पक्राउ गरिसकेका छौँ। अरु पनि उसका सहयोग भएको भए पनि अब उसको प्रभाव कमजोर बनेकोछ।’

गिरोहमा आबद्ध धेरैलाई पक्राउ गरेको प्रहरीले दाबी गरेपनि गिरोहका नाइके पुनलाई पक्राउ गर्न प्रहरीले सकेको छैन। उनी भारतका विभिन्न ठाउँ र मलेसियासम्म पुग्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।

संसदमा पनि कुरा उठ्यो
गौचनको मृत्यु भएपछि सोमबार व्यवसायीले सिभिल हस्पिटल अगाडि प्रदर्शन गरेका थिए। उनीहरुले व्यवसायीको सुरक्षाको माग राख्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए।

मंगलबार व्यवस्थापिका संसदमा गौचन हत्याको विषयले प्रवेश पाएको छ। मंगलबार संसदमा बोल्दै सांसदहरुले सरकार समक्ष गौचनको हत्यामा संलग्नको खोजीमा भएको प्रगतीका विषयमा जानकारी गराउन माग गरेका छन्। नेपाली कांग्रेसका सांसद दिपक गिरीले गौचन हत्याकाण्डबाट मुलुकमा आपराधिकरण र नागरिकमा असुरक्षा बढ्दै गएको प्रष्ट भएको बताए। यस्तै, नेपाली कांग्रेसकै अर्का सांसद रामहरी खतिवडाले घटनाको विषयलाई लिएर गृहमन्त्री जनार्दन शर्माको राजिनामाको माग गरे।
एमाले सांसद जनार्दन ढकालले गौचन हत्याबाट सरकार नागरिकको सुरक्षाका विषयमा गम्भीर नरहेको पुष्टि भएको बताए। माओवादी केन्द्रका सांसद रामनारायण विडारीले गौचन हत्या शान्ति सुरक्षाको दृष्टिले अत्यन्त लज्जास्पद घटना भएको टिप्पणी गरे।

घटनाका विषयमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी सांसद रुक्मिणी चौधरी, नेमकिपाका सांसद प्रेम सुवाल लगायतले शान्ति सुरक्षाको अवस्था दयनीय रहेको भन्दै घटनामा संलग्नलाई कडाभन्दा कडा सजायको माग गरेका थिए।

मंगलबार नै नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी महासंघका अध्यक्ष गौचनको हत्यारालाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट गरी गौचनलाई शहीद घोषणा गर्न साथै निर्माण व्यवसायीलाई सुरक्षा प्रत्याभुती दिलाउन माग गरेका थिए।

प्रकाशित २४ असोज २०७४, मंगलबार | 2017-10-10 16:59:32
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • योगेश भट्टराई

    आफैले ‘मन्त्री बनाउँछु’ भनेका योगेशमाथि प्रम ओलीको तीन ‘कू’

    ओली नै थिए, जसले गत निर्वाचनका क्रममा ताप्लेजुङको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरुले जिताएर पठाउनुस्, म योगेशलाई मन्त्री बनाउँछु।’तर पटक पटकको...

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • नरेन्द्र मोदी

    मोदीको पहिलो प्रधानमन्त्रित्वकालमा चीन, अमेरिका र नेपाललाई बराबरी प्राथमिकता

    प्रधानमन्त्री भएयता मोदीले आफ्नो शासनको १ हजार ५ सय ९१ दिनमा साढे ११ प्रतिशत समय त विदेशमा नै बिताएका रहेछन्।