मछिन्द्रनाथ पुनर्निर्माण नहुँदा स्थानीयको मन दुख्यो



भूकम्पले विनास गरेको एेतिहासिक सम्पदा रातो मछिन्द्रनाथको मन्दिर
भूकम्पले विनास गरेको एेतिहासिक सम्पदा रातो मछिन्द्रनाथको मन्दिर
मिलन बगाले

दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको रातो मछिन्द्रनाथको मन्दिर पुनर्निर्माणले गति लिन सकेको छैन। ६ महिनाअघि नै धमाधम पुनर्निर्माण भइरहेकोछ भनिएको ललितपुर बुङमतिस्थित रातो मछिन्द्रनाथको यो मन्दिरमा अहिलेसम्म जग हाल्ने बाहेक अन्य काम हुन सकेको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को माघ २ गते रानीपोखरीबाट पुनःनिर्माण अभियान सुरु गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर बुङ्मतीको रातो मच्छिन्द्रनाथको मन्दिरबाट अभियान सुरु गरेका थिए। तर अभियान सुरु भएको दुई वर्ष पुरा हुन लाग्दा पनि विभिन्न कारण देखाउँदै जगको मात्र पुनर्निर्माण भएको छ। 

‘घर अगाडिको ऐतिहासिक सम्पदाको पर्याय बनेको मन्दिर बल्ल बल्ल पुनर्निर्माण सुरु भएको थियो। त्यो पनि तीन हप्तादेखि काम हुन सकेको छैन’ स्थानीय हस्तकला व्यवसायी सुरेन्द्र तुलाधरले भने, ‘काम पहिलेदेखि सुरु भएपनि बारम्बार विभिन्न बाहानामा रोकिदै, सुरु हुँदै आएको छ।’ उनका अनुसार, नियमित रुपमा काम हुन थालेको भए त अलि धेरै नै काम हुने थियो। यही मन्दिरका कारण यहाँ पर्यटकहरु आउँथे। उनले सुनाए ‘हस्तकलाका सामग्री बेचेर हामीले गुजारा गर्न पाएका थियौं। तर अहिले हाम्रो व्यापार पनि ठप्प बनेको छ।

५ करोड रुपैयाँ लागतमा मन्दिर निर्माणका लागि श्रीलङ्कन सरकारलाई नेपाल सरकारबाट स्विकृति दिएको थियो। दुई वर्षमा पुनर्निर्मााण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको जग र काठको बिम राख्ने काम मात्र सकिएको छ। स्थानीय पूर्णमाया तुलाधर भन्छिन्, ‘मन्दिर पुनर्निर्माणको कामभन्दा बढी गफ सुन्दा बढी दिक्क लागेको छ।’ मन्दिर पुनर्निर्माण नहुँदा, मन्दिरमा गर्दै आइरहेको परम्परागत पूजाआजा प्रभावित भएको गुनासो स्थानीयवासीको छ।

धिमा गतिमा भइरहेको निर्माणको काम झन्डै तीन हप्तादेखि मन्दिर आवश्यक भौतिक सामग्रीको अभावमा ठप्प छ। खासगरी मन्दिरमा चाहिँने स्थानीय ईट्ट नभएको कारणले काम रोकिएको उनीहरुको भनाइ छ। अर्का स्थानीय कविराज तुलाधर ‘यस्तो इट्टा उलपव्ध गराउने निकायले किन गराएन भन्ने केही बुझ्न सकिएको छैन।’

बौद्ध विकास संघका सल्लाहकार तथा मन्दिरका पुजारी पूर्णराज शाक्य पनि काठ, ढुङ्गा, इट्टा लगायतका सामग्रीको अभावमा काम रोकिएको बताउँछन्। उनी भन्छन्, ‘कहिले विभिन्न सामग्रीको अभाव, कहिले स्थानीयकै विरोधका कारण पुनर्निर्माण सुस्त भइरहेको हो। यसैका कारण हामीलाई पनि दैनिक पुजाआजाका लागि कष्ट भईरहेको छ।’

मन्दिरको पुनर्निर्माणले गति लिन नसक्दा हरेक बैशाखमा मनाईने मछिन्द्रनाथको रथयात्रा पनि गएका वर्षहरु झैं उल्लाहसमय नभएको अनुभव स्थानीयवासीको छ। करिब एक हजार ६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्राको बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म मनाइन्छ। सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद्हरु बताउँछन्। पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रातो मछिन्द्रनाथको जात्रालाई लिइन्छ।

प्रकाशित १४ भदौ २०७४, बुधबार | 2017-08-30 17:23:09

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...