हनुमानढोकामा अमेरिका, चीन र जापान




नाैतले दरबार पुनर्निर्माण हुँदै
नाैतले दरबार पुनर्निर्माण हुँदै
रत्न

भूकम्पले क्षति पुर्याएको हनुमानढोका दरबार क्षेत्र अमेरिका, चीन र जापानले पुनर्निर्माण गरिदिने भएका छन्। दरबार क्षेत्रमा रहेका सानाठूला सम्पदा यी तीन देशले पुनर्निर्माण गरिदिने भएको हुन्। भूकम्प गएपछि पालले छोपछाप गरेर राखिएको दरबार क्षेत्र जेठ तेस्रो सातादेखि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो।

NIC ASIA

गद्दी बैठक 
अमेरिकाको सहयोगमा गद्दी बैठकको पुनर्निर्माण यही महिनादेखि सुरु हुने भएको छ। भूकम्प गएको छ महिनापछि नै मियामोटो ग्लोबल डिजास्टर रिलिफ कन्सलटेन्सीले यस क्षेत्रको अध्ययन गरेको थियो। प्रोफेसर पिएन मास्केको टोलीले यसको अन्तिम रिपोर्ट हेरिरहेको छ। अब केही दिनमै पुनर्निर्माणको काम सुरु हुने पुरातत्व विभागले जनाएको छ। 

अमेरिकाले गद्दी बैठक जिर्णोद्धार गर्न गत असोजमा ७ लाख अमेरिकी डलर अनुदान सहयोग घोषणा गरेको थियो। शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एभन रायनले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत गद्दी बैठक जीर्णोद्धार गर्न उक्त रकम सहयोग गर्ने घोषणा गरेकी थिइन्। अनुदान रकम बैठकको भूकम्पीय प्रबलीकरण र जीर्णोद्धारका लागि प्रयोग गरिनेछ।

पुरानो गद्दी

पुरानो गद्दी

राणा प्रधानमन्त्री चन्द्र शमशेरले बेलायत भ्रमणपछि बेलायती वास्तु शैलीमा सन् १९०८ मा यो बैठक बनाउन लगाएका थिए। गद्दी बैठक पञ्चायतकालसम्म राजकीय कुटनीतिक भेटघाटस्थल थियो। बेलायत भ्रमणपछि चन्द्र शमशेरले सिंहदरवार, गद्दी बैठकलगायत अरु पनि थुप्रै दरबारहरु बनाउन लगाएका थिए। उनले गद्दी बैठकको शीर्षमा संगमरमरको अक्षरले आफ्नो प्रशस्ति पनि कुँद्न लगाएका थिए।

नौतले दरबार अर्थात वसन्तपुर टावर
नौतले दरबार अर्थात वसन्तपुर टावरको पुनर्निर्माण सुरु भएको छ। गत साउन ३१ गते चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दरबारको पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका थिए। शिल्यान्याससँगै काम सुरु भइसकेको विभागले जनाएको छ। यसका लागि करिब १६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

यो दरबार पृथ्वीनारायण शाहले वि. सं. १८२६ मा निर्माण गराएका थिए। यो दरबारसँगै ललितपुर, भक्तपुर र कीर्तिपुर टावरको पनि चीनले नै पुन निर्माण गर्ने भएको छ। पाँच वर्षमा पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ। दरबारको पुनर्निर्माणका क्रममा पुरातत्व विभागको परम्परागत सामग्री उपलब्ध गराउनुका साथै सुपरीवेक्षण पनि गर्नेछ। 

मल्लकालीन दरबार
दरबार क्षेत्रभित्र रहेको मल्कालीन दरबार जापानले निर्माण गर्ने भएको छ। यसका लागि जापानले अध्ययन गरिरहेको विभागका इन्जिनियर गोपाल झाले बताए। भण्डारखाल बगैँचामा रहेको महादेवको मन्दिरको अध्ययन पनि जापानले नै गरिरहेको छ। यो अध्ययन एक वर्षयता जारी रहे पनि जापानले फाइनल रिपोर्ट विभागलाई बुझाएको छैन। इन्जिनियर झा भन्छन्, ‘उसले गहिराइमा पुगेर अध्ययन गरिरहेको छ। छिट्टै फाइनल रिपोर्ट दिएर काम सुरु गर्ने मैले सुनेको छु।’

यो बाहेक दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। तीन वटा छानामा भूकम्पले असर पुर्‍याएको मन्दिरको दुई वटा छाना हाल्ने काम सकिएको छ भने एउटा छाना हाल्न बाँकी छ। दशैँसम्म मन्दिरको पुनर्निर्माण सम्पन्न गरिने भएको छ। दरबार परिसरमै रहेको श्वेत भैरवको पनि पुनर्निर्माण भइरहेको छ। गत साउनदेखि सुरु भएको पुनर्निर्माणको काम आउने वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

त्यस्तै दरबार क्षेत्रमै रहेको पञ्चमुखी हनुमान मन्दिर पुनर्निर्माण पनि सम्पन्न भएको छ। काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट (केभिपिटी)ले कागेश्वरी मन्दिर र महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न गरिसकेको छ। दरबार क्षेत्रमा रहेको कतिपय सम्पदाको पुनर्निर्माण सम्पन्न भइसक्दा महाविष्णु मन्दिर र कोटलिङ्गेश्वर महादेवको पुनर्निर्माण भने सुरु हुन सकेको छैन।

‘हनुमानढोका दरबार’ नामाकरण मल्लकालका राजा प्रताप मल्लले वि. सं. १७२९ मा दरबारको मुख्य प्रवेशद्वारनजिकै हनुमानको मूर्ति स्थापना गराएपछि हुन गएको हो। त्यसपछि पृथ्वीनारायण शाहले वि. सं. १८२६ मा वसन्तपुर दरबार निर्माण गराएपछि यसलाई ‘वसन्तपुर दरबार’ पनि भन्न थालिएको हो। 

हनुमानढोका दरबारको अस्तित्व लिच्छवि कालदेखि नै भएको मानिए तापनि मल्लकाल, राणाकाल र शाहवंशीय कालमा निर्मित बाहिरी आकृतिहरू प्रस्ट देख्न सकिन्छ। वर्तमानमा देख्न सकिने प्राचीन स्माकरहरू कुनै एक व्यक्तिबाट निर्माण नभइ विभिन्न व्यक्ति तथा शासकहरूले निर्माण गराएका थिए। हनुमानढोका दरबार १७ जना मल्ल राजाहरु तथा त्यसपूर्वका ७ जना राजाले प्रयोग गरेको पाइन्छ। हनुमानढोका दरबार क्षेत्रमा विभिन्न ११ वटा महत्वपूर्ण चोक छन्।

प्रकाशित ५ भदौ २०७४, सोमबार | 2017-08-21 17:51:14
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...