बार्सिलोना शोकमा, एक बर्षभित्र युरोपमा कहाँ कस्ता आक्रमण भए?



बार्सिलोनाको व्यस्त पर्यटकीय क्षेत्र लस र्याम्ब्लसमा बाटोमा हिंडीरहेका मानिसमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको छ भने झण्डै ५० जना भन्दा बढी घाइते भएका छन्। स्थानीय प्रहरीले उक्त घटनालाई ‘एक आतंककारी घटना’ भएको भन्दै आक्रमणकारीको खोजीकार्यलाई तीब्र पारेको छ।

प्रहरीले आक्रमणको सिलसिलामा दुई जनालाई पक्राउ गरेको छ भने हमलामा प्रयोग गरिएको भ्यान भाडामा लिने पुरुषको तस्वीर पनि सार्वजनिक गरेको छ।

हमलामा प्रयोग भएका भ्यान भाडामा लिने व्यक्ति मोरक्कोमा जन्मिएका २० वर्षिया द्रिस उकाबीर भएको प्रहरीले जनाएको छ।

बिहीबार अपरान्ह गरिएको उक्त हमला पछि बार्सिलोना शोकमग्न भएको छ भने प्रहरीले हमला भएको क्षेत्र लास राम्बलासबाट टाढै रहन स्थानियलाई आग्रह गरेको छ।

हमला पछि स्थानीय भूमिगत यातायात सन्जाल तथा रेलवे स्टेशनहरु बन्द गरिएका छन्। भ्यानलाई लगेर मानिसहरुमाथि ठोक्काएपछि भ्यानको चालक पैदलै भागेको स्थानिय समाचारमाध्यमहरुले जनाएका छन्।
स्पेनका प्रधानमन्त्री मारियानो राजोयले यसलाई ‘जिहादी आक्रमण’ को संज्ञा दिएका छन्।

यता, इश्लामिक स्टेटले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। आफ्ना सैनिकहरुले उक्त हमाला गराएको इश्लामिक स्टेटले दाबी गरेपछि त्यसको पुष्टी हुने कुनै आधार प्रस्तुत गरेको छैन।

भ्यानले सडक पेटीमा हिडिरहेका मान्छेलाई पनि कुल्चदैअघि बढेको थियो। सिसीटिभी फुटेजमा सयौ व्यक्तिहरु सडकमा लडेको देखिन्थ्यो। प्रत्यक्षदर्शीका अनुसार उक्त भ्यान गल्तीले नभइकन जानीबुझेरै भिडमाथि चढाइदै थियो।

कहिले कहाँ भयो सवारी आक्रमण?

बार्सिलोनमा भ्यानले आक्रमण गर्नु सवारी साधनबाट भएको पहिलो आक्रमण भने हैन। यसअघि पनि युरोपका विभिन्न स्थानहरुमा भएका यस किसिमका आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। पछिल्लो एक बर्षमा युरोपका विभिन्न शहरमा मानिसहरुको भिडमा गाडी चलाइएको थियो। तीमध्ये केही घटना यस्ता छन्।

भर्जिनिया हमला

 

१२ अगष्ट २०१७ मा विरोध प्रर्दशन गरिरहेका मान्छेहरु माथि कार दौडाइएको थियो। गोरा जातिको आफ्नो सर्वोच्चता माग गर्दै गरेको आन्दोलनको विरोमा उत्रिएका प्रदर्शन विरोधीहरुको समूहमा कार कुदाइदा एक महिलाको मृत्यु हुनुका साथै १९ जना घाइतेभएका थिए।

अमेरिकाको दक्षिणी गृहयुद्धका नायकको शालिक हटाउने सरकारी निर्णयको विरोधमा उनीहरुले उ्रक्त प्रदर्शनको आयोजना गरेका थिए। गोरा राष्ट्रवादीहरुले ‘युनाइट द राइट’ नाम दिइएको प्रदर्शन गरिरहेका थिए।

प्रदर्शनका क्रममा ती अतिवादी समूहको प्रदर्शन विरोधी समूहसँग झडप भएपछि प्रदर्शनले हिंसाको रुप लिएको थियो। आन्दोलनकारी र आन्दोलन विरोधी व्यक्तिबीच भएको आन्दोलनका क्रममा विरोधी समूहलाई लक्षित गरी एउटा कारले जथाभावी

दौडाउँदा घटना घटना गराएको थियो। कार चालक आहायो राज्यका २० वर्षे जेम्स फिल्ड्सलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो।

पेरिस हमाला

९ अगष्ट २०१७ मा फ्रान्सको पेरिसमा एउटा कारले सैनिकहरुको समूहलाई ठक्कर दिँदा ६ जना घाइते भएका थिए। पेरिसको उत्तर पश्चिमी लेभालोइस पेर्रेट क्षेत्रमा भएको यस घटनापछि प्रहरीको ठूलो र आपतकालिन कारबाही सुरु गरेको थियो।

लण्डन हमला

३ जुन २०१७ मा लण्डन ब्रीज नजिकै तीन जना हमलाकारीले मानिसहरु माथि भ्यान दौडाएका थिए। त्यससँगै उनीहरुले मानिसहरुमाथि चक्कुले पनि हमला गरे। ‘बरो मार्केट’ का पब र रेष्टुराँहरुमा रहेका मानिसमाथि छुरा प्रहार गर्दा सातजनाको ज्यान गएको थियो। घटनामा कम्तीमा ५० जना घाइते भएका थिए। आक्रमणको तथाकथित इस्लामिक स्टेटले जिम्मेवारी लिएको थियो। पछि लण्डन प्रहरीले हमलामा संलग्न रहेको भन्दै २७ वर्षीय खुराम बट र ३० वर्षीय रसीद रेदवानको तस्वीर सार्वजनिक गरेको थियो। 

स्टकहोम घटना


७ अप्रिल २०१७ मा स्वीडेनको स्टाकहोम शहरमा एक डिपार्टमेन्ट स्टोरमा लरीले आक्रमण गरिएको थियो। उक्त घटनामा चार जनाको ज्यान गएको थियो। उज्बेक रखमत अकिलाव नामक युवकले उक्त घटना गराएका थिए।

बर्लिन आक्रमण

१९ डिसेम्बर २०१६ मा जर्मनीको बर्लिन स्थित टयूनिसियाको क्रिसमस मार्केटमा एउटा ट्रक दौडाइएको थियो। उक्त आक्रमणमा १२ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित २ भदौ २०७४, शुक्रबार | 2017-08-18 14:26:08

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...