बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो



केही दिनअघि आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरिएको छ। 

आन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडाको हिजो उद्धार गरी आज ट्रकमा राखी चितवन ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। 

'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको सूचनाका आधारमा उद्धार गरी नेपाल ल्याइएको हाे' अर्यालले भने, 'गाउँको घनाबस्तीको बीचमा रहेको उखुबारीमा गैँडा फेला परेको थियो।'

गैँडालाई आजै चितवन राष्ट्रिय निकुञ्जमा छाडिने जनाइएको छ। यसरी बाढीले पाँचवटा गैँडा बगाएको पाइएको निकुञ्जले जनाएको छ। त्यसमध्ये उद्धारै गर्नुपर्ने अवस्थाको देखिएकाले यसलाई उद्धार गरिएको हो। 

एउटा गैँडा बाल्मिकी आश्रम नजिकै नेपाल भारतको सीमा क्षेत्रमा आउजाउ गरिरहेको फेला परेको र एउटा गैँडा भारततर्फ नारायणी नदी किनारको बाल्मिकीनगरस्थित जंगलको सानो टापुमा देखिएको अर्यालले जानकारी दिए। 

अर्काे गैँडा भारतको मध्यवर्ती जंगलमा देखिएको जनाइएको छ। अर्यालको नेतृत्वमा गएको व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा गएको प्राविधिक टोलीले गैँडाको उद्धार गरेर ल्याएको हो। (राससको सहयोगमा)

प्रकाशित २ भदौ २०७४, शुक्रबार | 2017-08-18 09:58:43

प्रतिकृया दिनुहोस

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • निसानामा विमलेन्द्र निधि

    जनकपुरको चुनावी इतिहास केलाउने हो भने २०१५ साल यता अहिलेसम्म पार्टीका उम्मेदवारले जनकपुरमा चुनाव जित्न सकेका छैनन्। तर, यो क्रम झण्डै ६० वर्षपछि...

  • वीरगञ्ज महानगरमा महाटक्कर

    वीरगञ्जको मतगणना पटकपटक स्थगित भइरहेको छ। अहिलेसम्म झण्डै १६ हजार ७ सय मत गन्दासम्मको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली...

  • १६ वर्षे प्रतिभाको भलिबल यात्रा

    नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी प्रतिभा माली तीनहप्ते प्रशिक्षणका लागि बिहीबार नेदरल्याण्ड प्रस्थान गर्दैछिन्। नेपाली महिला भलिबल...

  • ‘अब दिल्लीले नाक खुम्च्याउँदैन’

    भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय दिल्लीमा कुटनीतिको दोस्रो ‘इनिङ’मा छन्। अघिल्लो पटक उनलाई केपी ओली सरकारले फिर्ता बोलाएपछि पुष्पकमल...