कम्युटर बिलिङ प्रणालीमा नचलेका एक सय पन्ध्र ट्याक्सी कारबाहीमा




महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका १ सय १५ ट्याक्सी चालकलाई कारबाही गरेको छ।

NIC ASIA

महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आजदेखि उक्त अभियान सञ्चालन गरेको हो।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुले ट्याक्सीबाट ठगिएको महशुस नगरुन् भन्नका लागि महाशाखाले यो अभियान चलाएको जानकारी दिए। ‘यस्ता ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रिन्टर मेसिन जडान गर्ने ठाउँमा पठाउँछौँ, मिटर जडान गरेर मात्र चलाउने भनेका छौँ, अन्यथा कारबाही गछौँ’, उनले भने।

महाशाखा प्रमुख खनालले प्रिन्टर मेसिन जडान नगरी सञ्चालनमा आएका ट्याक्सी दुई हजारको हाराहारीमा रहेका र ती ट्याक्सी चालकलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याइने बताए।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले बजारमा प्रिन्टर मेसिन नभएका कारण अधिकांश ट्याक्सीले प्रिन्टर मेसिन जडान नगरेको बताए। उनले भने, ‘राज्यले चाँडो ट्याक्सीमा मिटर जडान गरिदियोस् हामी मिटरमा ट्याक्सी चलाउन तयार छौँ।’

महाशाखाले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रिन्टर मेसिन नभएका ट्याक्सीमा तत्काल मिटर जडान गर्न आग्रहसमेत गरेको छ। काठमाडौँमा हाल नौ हजार ५०० को हाराहारीमा ट्याक्सी सञ्चालित छन्। रासस

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 16:19:32
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।