बाढी पिडीतका लागि एनआरएनएद्वारा आपतकालिन राहत कोष, घलेले दिए एक करोड



केहिदिन देखिको अविरल वर्षाका कारण देशैभर बाढी, पहिरो र डुबानले आक्रान्त नागरिकलाई सहायता गर्नका लागि गैरआवासीय नेपाली संघ(एनआरएनए) ले आपतकालिन राहत कोषको स्थापना गरेको छ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार बसेको बैठकले आपतकालिन राहत कोषको स्थापना गर्ने निर्णय गरेको हो।

राहत कोषमा संस्थाका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले एक करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घले दम्पतीको एमआईटी फाउण्डेसनले बाढी, पहिरो र डुबान पिडीतका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको हो।

यस्तै, एनआरएनएको बैठकले तत्काल उद्धार र राहत विररणमा खटिने निर्णय समेत गरेको छ। ‘यो दुःखको घडीमा हामी देशबासीका साथमा छौं’, घलेले भने,‘हामीले बैठकबाट एक करोड बढी रकम संकलन गरिसकेका छौं, हामी तत्काल राहत वितरणमा खटिने छौं।’

यसैगरी कोषलाई एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय भुवन भट्ट र कुमार पन्तले एक, एक लाख सहयोगको प्रतिबद्धता गरेका छन्।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 16:10:42

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।