विद्यार्थी हत्यामा संलग्न खोज्न कुकुर परिचालित



भीमदत्तनगरपालिकाको कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा शनिबार भएको विद्यार्थी हत्याको घटनाको अनुसन्धान गर्न प्रहरीले कुकुर परिचालन गरेको छ।

नेपालगञ्जस्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट घटनाको अनुसन्धानका लागि ‘भुण्टी’ नामक कुकुर ल्याई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताए।

अनुसन्धानका लागि शनिबार प्रहरीले क्याम्पसको क्यान्टिनका कर्मचारीसहित दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। बझाङ घर भई क्याम्पसमा बिएस्सी चौथो वर्षमा अध्ययनरत डम्बर जाग्रीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा क्याम्पसको छात्रावासको भण्डारमा शव फेला परेको थियो।

जाग्रीले क्याम्पसको क्यान्टिनसमेत भाडामा लिएर सञ्चालन गर्दै आएका थिए। उनी अनेरास्ववियु(क्रान्तिकारी) कञ्चनपुरका जिल्ला सदस्यसमेत रहेको बताइएको छ। रासस

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 15:00:02


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • प्रधानमन्त्री केपी ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै

    नयाँ प्रधानमन्त्री वीपीजस्तो कि महेन्द्रजस्तो?

    वीपीले भन्ने गरेको माटो र महेन्द्रले भन्ने गरेको माटोमा फरक छ। हो, यो माटोको फरक बुझ्न सकिएन भने फेरि पनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ नेपालमा...

  • 'महिला बालबालिकाले न्याय पाउँछन्'

    एमाले नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुग्ने थाेरै महिलामध्ये एक हुन्।

  • एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पिएनबीमा १ खर्ब ११ करोडको घोटाला

    नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला भएको छ।